लोप हुँदै गरेको रोटे पिङको संरक्षणमा मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको मनकामना सनातन धर्म संरक्षण संस्था लागि परेकोछ । लोप हुँदै गएको रोटे पिङले मनहरीमा पुनर्जीवन पाएको हो ।
मनकामना मन्दिर परिषरमा निर्माणधिन अवस्थामा रहेको पिङको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । पिङको कारण मन्दिरको मात्र नभई मनहरीकै रौनकता बढाउने देखिन्छ ।

पिङ निर्माण कार्यमा अनबरत रुपमा खटिनुभएका मनहरी ७ का कालिगढ एकराज मुक्तानले निर्माण कार्य अन्तिम चरणमा पुगेको र सके सम्म आजै समितिलाई हस्तान्तरण गरिने बताउनुभयो ।
नेपालीहरुको महान चाड बडा दशैं , शुभ दिपावली ,छठ लगाएतका चाडहरु नजिकिदै गर्दा मन्दिर ब्यबस्थापन समितिले आन्तरिक पर्यटनलाई बढावा दिन र पछिल्लो समयमा चाड पर्बहरु मनाउने क्रममा मौलिकता हराउदै गएको सन्दर्भमा परम्परागत रुपमा खेलिदै आएको काठे रोटे पिङ निर्माण गरिएको संस्थाका अध्यक्ष नारायण सुबेदीले जानकारी दिनुभयो ।

अध्यक्ष सुबेदीले थप्दै भन्नुभयो हामिले हाम्रो परम्परा भुल्यौ जति आगन्तुक सस्कृतीमा रमे पनि आर्गनिक रमाईलो पन हाम्रै मौलिक परम्परामा रहेर नयाँ पुस्ताका लागि हाम्रो पहिचान र चिनारी झल्काईराख्न भए पनि यसको निर्माण गरिएको बताउनुभयो ।
सर्बसाधारणको लागि फुलपातीको अघिल्लो दिन अर्थात षष्ठी अर्थात २३ असोज बुधबारको दिन देखि खेल्न मिल्ने वातावरण सृजना गराईने बताउनुभयो । लिङ्गे पिङको समेत अस्तित्व संकटमा पर्दै गईरहेको अवस्थामा परम्परा जोगाई राख्न गरिएको यो प्रयास निक्कै सराहनीय रहेकोछ ।
रोटे पिङको अलावा मन्दिर ब्यबस्थापन समितिले साँझको समयमा मन्दिर परिषर भित्र आराम गर्न र मन भुलाउने स्थलको रुपमा बिकास गराउने योजना अनुसार रुखहरुमा रङ्गी चङ्गी बत्तीहरु जडान गरिएकोछ । मन्दिर परिषर भित्रै लिङ्गे पिङको पनि ब्यबस्था मिलाईने समितिको तयारी रहेकोछ । झन्डै पाँच लाख बराबरको खर्चमा यतिखेर मन्दिर परिषर बेहुली झै चिटिक्क सिङ्गारिएकोछ । मनकामना मन्दिर परिषरको सरसफाईमा मनहरीका युवाहरुले स्वतस्फूर्त रुपमा आ- आफ्नो समयको अनुकुलता हेरेर सरसफाई गर्दै आईरहेकोछ ।