रजौयामा मुर्रा भैसिको मासु पसल खुल्यो वडा सरकार प्रमुख अधिकारीले गरे उद्घाटन

मनहरी गाउँपालिकामा वडा नम्बर ९ को रजैयाको लक्की चोकमा मुर्रा भैंसीको मासु पसल संचालनमा आएकोछ । असोज १९ अर्थात शनिबार एक कार्यक्रमका बिच उक्त पसलको उद्घाटन गरिएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर ५ का वडा सरकार प्रमुख दिपेन्द्र अधिकारीले मासु पसल उद्घाटन गर्नुभएको हो । वडा अध्यक्ष अधिकारीले आफ्नै स्थानमा केही गर्छु भनेर जुन आट गर्नुभएकोछ त्यो अत्यन्तै सराहनीय रहेको भन्दै युवा उद्यमको बिकास गरेर मात्रै देशको आर्थिक सुधार दिर्घकालिन हुने बताउनुभएको थियो ।

वडा नम्बर ५ निवासी स्थानिय युवा उद्यमी नमराज बिष्टले झण्डै ६ लाखको लगानिमा ब्यबस्थित बदशाला सहितको सेवा शुरु गरेका हुन । बिष्टले संचालनमा ल्याएको मासु पसलबाट पाँच जना युवाले प्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेकाछन् । रजैयामै पहिलो र एक मात्र होसेल मासु पसलबाट अडर अनुसार २० किलोमीटर सम्मको क्षेत्रमा होम डेलिभरी दिने योजना सहित सेवामा आएको पसलका प्रोप्राईटर बिष्टले जानकारी दिनुभयो । साथै दैनिक रुपमा एउटा मुर्रा भैसीको मासु बजारमा खपत गराउने लक्ष्य राखिएको उनले बताए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.