एसईई परिक्षा २०८० को पुरक परिक्षामा एच्छिक प्रथम विषयहरुको नतिजा शून्य भएकोछ । मनहरी ७ स्थित श्री राष्ट्रिय रोटरी माध्यामिक बिधालयलाई पुरक परीक्षा केन्द्र तोकिएको थियो । परीक्षा केन्द्र नै शून्य भएको भन्दै रोटरी माध्यामिक बिधालयले शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयलाई नतिजा प्रकाशनको क्रममा भएको त्रुटी सच्याउने कार्यमा परिक्षा नियन्त्रण कार्यालयसंग सहजिकरण गरिदिन अनुरोध गरिएको बिधालयका सहायक प्रधानाध्यापक साधुराम रिजालले बताउनुभयो ।
मकवानपुर जिल्ला संघिय संसद माननीय महेश कुमार बर्तौलाको सहजिकरणमा बर्तौलाका स्वकिय सचिव आशिष अस्लामी मगर सहितको टोलिले सोमबार मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री बिद्या भट्टराईले तत्कालै परीक्षा नियन्त्रण कार्यालयसंग फोन सम्पर्क गरि बुझ्दा प्राबिधिक कारणले सिस्टममा नचढेको जानकारी प्राप्त भएपछी मन्त्री भट्टराईले तत्काल सिस्टममा चढाउन निर्देशन दिनुभएको आशिष अस्लामिले जानकारी दिनुभयो ।
बिधालयद्वारा मन्त्रालयलाई लेखिएको चिट्ठी

रोटरी परीक्षा केन्द्रमा सामुदायिक र निजि बिधालय गरि १३ वटा बिधालयका बिधार्थीहरुले परीक्षा दिएका थिए । परिक्षामा कैलाश गाउँपालिका, राक्सिराङ्ग गाउँपालिका र मनहरी गाउँपालिकाको बिधालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
परिक्षामा राष्ट्रिय रोटरी मावि मनहरी ७ सहित महेन्द्र किरण मावि मनहरी ८ सिम्पानी,राष्ट्रिय मावि मनहरी ६ सुनाचुरी, युनाइटेड ईङ्लिश बोर्डिङ स्कूल मनहरी ८,युनिभर्सल लर्निङ एकेडेमी मनहरी ७,मेरीगोल्ड टाईनिटस ईङ्लिश बोर्डिङ स्कूल मनहरी ७, राष्ट्रिय मावि सिलिङ्गे राक्सिराङ्ग६,कालिका मावि अठारे राक्सिराङ्ग ९, कालिका मावि राक्सिराङ्ग ४, मावि देबिटार राक्सिराङ८,भवानी मावि कैलाश ३ र धुवाङ मावि कैलाश ८ गरि १३ वटा बिधालयका ४ सय १२ जना परिक्षामा सहभागी भएका थिए । जस मध्ये एच्छिक प्रथम पत्र अन्तर्गत ( एच्छिक गणित, अर्थशास्त्र र वातावरण बिज्ञान ) को परिक्षामा २ सय २९ जनाले परीक्षा दिईएको थियो ।
परिक्षामा सहभागी बिधालय र बिधार्थी संख्या 
एसइइ पुरक परिक्षा २०८० को नतिजा साउन २८ गते लिईएको थियो भने परिक्षाफल असोज ७ गते सोमबार प्रकाशित गरिएको थियो ।