एकाउन्टिङ ट्रेनिङमा मनहरीका युवायुवतीहरुको उत्साहजनक  सहभागिता

मनहरीमा १० दिने एकाउन्टिङ ट्रेनिङ आजबाट शुरु भएकोछ । मनहरी बहुमुखी क्याम्पसको आयोजनामा आयोजित तालिम यहि साउन २२ गते सम्म सन्चालन हुनेछ ।

रोटरी माध्यामिक बिधालय ,महेन्द्रकिरण माध्यामिक बिद्यालय ,मनहरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी , कक्षा १२ मा  अध्ययनरत र  १२ कक्षाको परिक्षा दिईएर  बसेका  स्थानीय युवाहरुको  सहभागीता रहेको रहेको क्याम्पसका प्राचार्य गोबिन्द बर्तौलाले जानकारी दिनुभयो ।

मनहरी सानो  क्षेत्र भएता पनि तालिममा उल्लेखनीय सहभागिता रहेको छ । तालिमको  पहिलो दिन अर्थात आज साउन १३ गते ६० जनाले सहभागिता जनाएकोछ भने भोलि अझै थपिने मनहरी बहुमुखी  क्याम्पस सोबियू  सभापती कुमार घिसिङले जानकारी दिनुभयो ।

तालिम अबधी भर जनरल भौचर, भ्याट बिल, प्यान बिल,लेजर,स्टक बुक,कपि, भरपाई,चेक,बैंक भौचर,खरिद खाता, बिक्री खाता लगाएतका अन्य एकाउन्ट सम्बन्धी बिषयमा तालिम प्रदान गरिने क्याम्पसले जानकारी दिईएकोछ ।

तालिममा कैलाश गाउँपालिका , राक्सिराङ्ग गाउँपालिका र मनहरी गाउँपालिकाका युवा युवतीहरुको सहभागिता रहिरहँदा यस्ता खालका तालिमहरुको खाँचो  रहेको  भन्दै क्याम्पसले आगामी दिनमा यस्ता प्रकारका बिधार्थीको हितमा पढाईसङ्गै ब्यबहारिक ज्ञान आर्जन हुने खालको कार्यक्रम ल्याउने क्याम्पस समिती अध्यक्ष ओम बहादुर ग्लानले बताउनुभयो ।

मनहरी बहुमुखी क्याम्पसले एकाउन्टिङ सम्बन्धी बिगत लामो समय देखी विभिन्न स्थानमा तालिम प्रदान गर्दै आईरहनुभएका कुशल  प्रशिक्षक  किशोर अर्यालको प्रत्यक्ष उपस्थितिमा  तालिम प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.