अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी ) मनहरी गाउँ कमिटिले एसईईमा पास हुने बिद्यार्थीहरुलाई सम्मान गरेकोछ ।
अखिल (क्रान्तिकारी ) ले २०८० सालको एसईई परिक्षामा मनहरी गाउँपालिका भित्रका बिधालय सर्बोत्कृष्ट अंक सहित पास हुन सफल १ सय १२ जना बिधार्थीहरुलाई सम्मानपत्र सहित खादा अबिर लगाएर सम्मान गरेको हो ।

शुक्रबार उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

परिक्षामा पास हुन सफल बिधार्थी सम्मान तथा उत्कृष्ट नतिजा ल्याई बिधार्थी पास गराउन सफल बिधालयलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी मुक्तानले राजनिती बिकृतीको लागि नभई परिबर्तनको लागि हो भन्नुभयो ।

साथै अबको उच्च शिक्षा अध्ययनको लागि आफ्नो रोजाईको विषय तर्फ लाग्न समेत सुझाव दिनुभयो ।मन्त्री मुक्तानले बागमती सरकारले शिक्षामा पहिलेको भन्दा धेरै लगानी गरेको भन्दै मनहरीमा पनि नमुना बिधालय देखि बिधालय बसको ब्यबस्था गरेको बताउनुभयो । बिद्यार्थीको हौसला बढ्ने खालको कार्यक्रम आयोजना गरेको प्रती आयोजक अखिल (क्रान्तिकारी)लाई धन्यवाद समेत दिनुभएको थियो ।
अखिल (क्रान्तिकारी)ले मनहरीमा एसईई पास बिधार्थी सम्मान कार्यक्रमलाई केही बर्ष देखि निरन्तरता दिईदै आईरहेकोछ । एसईई २०८० को परिक्षामा मनहरी गाउँपालिकामा सामुदायिक बिधालय तर्फ रोटरी माबि स्कुलका छात्र अनमोल बल ३.४३ जिपिए सहित पालिका प्रथम भएको थियो । त्यस्तै सस्थागत तर्फ युनाईटेड ईङ्लिश बोर्डिङ स्कुलका छात्र अभिषेक ढुङ्गाना ३.७९ जिपिए ल्याई समग्रतामा पालिका प्रथम हुन सफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानलाई अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य राजेन्द्र मुक्तान र मनहरी गाउँ कमिटी अध्यक्ष प्रकाश मिजारले संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।
भब्य रुपमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र पोलिट ब्युरो कमिटी सदस्य तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तान रहनुभएको थियो । त्यस्तै पार्टिकै अर्का नेता पार्टी केन्द्रिय समिती सदस्य तथा मकवानपुर जिल्ला पार्टी ईन्चार्ज बिजय गौतमको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै गरि प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला पार्टी अध्यक्ष भिम पाख्रिन,बागमती प्रदेश सचिवालय सदस्य एबम मकवानपुर जिल्ला पार्टी सचिब वीर बहादुर घलान ( ज्वाला) , बागमती प्रदेश सचिवालय सदस्य तथा जिसस मकवानपुर प्रमुख ललित घलान ,बागमती प्रदेश सचिवालय सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा),
प्रदेश कमिटी सदस्य तथा हेटौंडा उपमहानगर पालिका ईन्चार्ज बिबेक राई, मनहरी गाउँ कमिटी पार्टी ईन्चार्ज तथा मनहरी २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन
जेष्ठ कम्युनिस्ट मन्च केन्द्रिय सदस्य राम हरि सुवेदी लगाएतका पार्टी नेताहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै गरि अखिल (क्रान्तिकारी)का बिद्यार्थी नेताहरु
अखिल क्रान्तिकारी केन्द्रिय सदस्य राजेन्द्र कुमार मुक्तान , अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बुद्ध राज अर्याल, जिल्ला उपाध्यक्ष दिपक अर्याल, जिल्ला सचिब एबम मकवानपुर बहुमुखी क्याम्पस स्वबियु अध्यक्ष छोईसाङ्ग लामा, जिल्ला सह- सचिब बिजन लटौला र मनहरी गाउँपालिका वाईसीएल ईन्चार्ज ईश्वर थापा काजी लगाएको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अखिल ( क्रान्तिकारी) मनहरी गाउँ कमिटी अध्यक्ष प्रकाश मिजारको सभाध्यक्षाता भएको थियो भने पालिका कमिटी सचिब सन्दीपा अर्यालले सहजिकरण गरेका थिए ।