मनहरीमा जारी प्रथम मिलन धर्मराज स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनलमा हासु एफ सि मनहरी प्रबेश गरेकोछ ।
मनहरी ८ बेलुवा सिम्पानीको निर्माणाधीन खेल मैदानमा खेलाईएको प्रतियोगितामा एफ सि ईन्टरनेट हेटौंडालाई १ – ० ले पन्छाउदै हासुले कैलाश गाउँपालिकासङ्गको भेट पक्का गरेको हो ।

खेलको दोश्रो हाल्फको ४ औं मिनेटमा जर्सी नम्बर ५ का खेलाडी दीपेश चाम्लिङ्ग राईले हेड मार्फत उत्कृष्ट गोल गरि टोलिलाई अग्रता दिलाएका थिए । राईको गोलनै हासुको जितमा निर्णायक बन्न पुगेको थियो । खेलको म्यान अफ द म्याच हासुकै खेलाडी जन्मे धामी बने ।
सिम्पानी युवा क्लबको आयोजनामा आयोजित प्रथम मिलन धर्मराज स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुनेले नगद रु ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाईनल खेल असार ३१ गते हुनेछ ।