मनहरीमा कुकुर आतंक तीन दिनमा २५ जनालाई टोक्यो ,खोजी कार्य जारी

मनहरी गाउँपालिकामा कुकुर आतंक जारी रहेकोछ । असार २७ गते देखि मानिसलाई टोक्दै हिडेको सेतो खैरो रंगको देखिने छाडा कुकुरले २९ असार सम्म २५ जना पुगेको हो ।

कुकुरको टोकाईबाट मनहरी अस्पतालमा उपचारको लागि मात्रै २५ जना पुगेको अस्पतालमा कार्यरत अहेब मनोज बिष्टले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर ७ को बजार क्षेत्रमा तीन दिन देखि आतंक मच्चाईरहेको कुकुरले धेरै जसो बाईकमा चालकहरुलाई टोकेकोछ ।

आतंक मच्चाई रहेको कुकुरको ब्यबस्थापनको लागि नगर प्रहरी खटाईएको ७ नम्बर वडाका अध्यक्ष ठाकुर राम तितुङले जानकारी दिनुभयो । तितुङका अनुसार कुकुरको हुलियाले आतंक मच्चाउने कुकुरको पहिचानमा कठिनाई भएको र खोजी कार्य भने जारी रहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.