मनहरीमा जारी प्रथम मिलन धर्मराज स्मृती नक आउट फुटबल प्रतियोगितामा बुधबार एक खेल सम्पन्न भएकोछ ।जारी प्रतियोगितामा कैलाश गाउँपालिकाले सेमिफाईनलको स्थान सुरक्षित गरेको हो ।

कैलाश गाउँपालिकाले बिभागीय टोलि बागमती प्रदेश प्रहरी लाई २- १ को नतिजा निकाल्ने क्रममा जर्सी नम्बर २९ का खेलाडी बिजय दोङले पहिलो हाल्फको १८ औं मिनेटमा गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए ।त्यस्तै गरि जर्सी नम्बर २१ का खेलाडी अबिशेक लामाले दोश्रो हाल्फको ३१ मिनेटमा गोल गर्दै स्पस्ट जित दिलाएका थिए ।
बिभागिय टोलिबाट पहिलो हाल्फको २१ औं मिनेटमा जर्सी नम्बर ७७ का विशाल थिङले गोल गरेका थिए । पुलिसको तर्फबाट भएको अर्को गोललाई अफसाईड लिएपछी १ गोलमै चित्त बुझाउनुपरेको थियो । निक्कैनै प्रतिस्पर्धात्मक खेलमा दर्शककको बाक्लो उपस्थिती र साथ दुबै टोलिलाई रहेको थियो । यो जित सङ्गै कैलाशले सेमिफाईनलमा आयोजकको सामना गर्ने भएकोछ । खेलमा उत्कृष्ट प्रदर्शनी गरेबापत जर्सी नम्बर २९ का कैलाश गाउँपालिकाका खेलाडी बिजय दोङ घोषित भएका थिए ।
बिहिबार सेनिफाईनलको लागि हासु एफ सि र ईन्द्र कमल एफ सि बिच खेल हुने आयोजक सिम्पानी युथ क्लबले जानकारी दिएकोछ ।
प्ररियोगिताको फाईनल खेल असार ३१ गते हुनेछ भने बिजेताले नगद रु १ लाख सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद रु ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।