बृक्षारोपणको उपयुक्त समय मानिने बर्षायामको सदुपयोग गर्दै दक्षिणकाली सामुदायिक बन उपभोक्ता समूहले आफ्नो बनको क्षेत्रमा बृक्षारोपण कार्य यहि असार २४ गते सोमबार सम्पन्न गरेकोछ ।
समूहले बढी र भूक्षको बढी सम्भावना रहेको क्षेत्रलाई पहिचान गरि त्यसको रोकथामको लागि २ सय ९० वटा बाँसका बिरुवाहरु लगाईएको हो ।
त्यस्तै गरि अशोक र धुपी ६०/६० वटा गरि १ सय २० वटा बिरुवा ,कल्की फुल ५० वटा , चिउरी ६० बोट र
कागती १ सय वटा बोट रोपिएको समूहको अध्यक्ष रमेश प्रजाले जानकारी दिनुभयो ।

बन समूहले बनलाई पाँच वटा ब्लकमा बिभाजन गरि बनको संरक्षण र रेखदेख गर्दै आईरहेकोछ । समूहले तेश्रो ब्लकमा बृक्षारोपण कार्यक्रम गरिएको हो । २ सय ३ हेक्टर क्षेत्रफलमा फैलिएको बनलाई सब डिभिजन कार्यालय राक्सिराङ्गको समन्वय एबम राप्ती डिभिजन बन कार्यालयले बिरुवा उपलब्ध गराईदिएको थियो ।

३ नम्बर ब्लकको बन क्षेत्रमा धेरै जसो भूक्ष र नदि कटान क्षेत्र पर्ने भएकोले बनको संरक्षणमा समुदाय स्तरबाटै उपभोक्ताहरुले उत्साहजनक सहभागिता जनाई बिरुवा रोपेका थिए ।
