मनहरीमा जारी प्रथम मिलन धर्मराज स्मृति फुटबल प्रतियोगितामा कैलाश गाउँपालिकाले पहिलो जित दर्ता गरेकोछ । प्रतियोगिताको पाचौं दिनको खेलमा कैलाश गाउँपालिकाले हेटौंडा फुटबल एकेडेमी मकवानपुलाई शुन्यको बिरुद्ध ३ गोल अन्तरले पराजित गरेको हो ।
निक्कैनै रोमान्चक खेलमा कैलाश गाउँपालिकालाई जर्सी नम्बर ७ का खेलाडीको गोलको मद्धतले अग्रता दिलाएको थियो । लगतै जर्सी नम्बर ७ का खेलाडीले पुनः ब्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टिमलाई २ – ० को अग्रता दिलाएको थियो । त्यस्तै गरि कैलाश गाउँपालिकाकै तर्फबाट फ्री किकलाई सिदै गोल पोष्टको दिशा देखाएका थिए । हेटौंडा फुटबल एकेडेमीका गोल रक्षकले बललाई आफ्नो नियन्त्रणमा राख्ने मौका नै नपाई गोल भएको थियो ।
जारी प्रतियोगिताको अर्को खेल भोलि हुनेछ । दिउँसो ३ बजे देखि शुरु हुने खेलमा ईन्टरनेट सिटि हेटौंडा र भोर्लाघारी चितवन बिच हुने आयोजक सिम्पानी युवा क्लबले जानकारी दिईएकोछ ।