राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ३ पलासेमा तीन दिने आधारभूत प्राथमिक तालिम असार १६ गते आईतबार शुरु भएकोछ । वडा कार्यालयको सभा हलमा सन्चालित तालिममा गाउँपालिकाका १,२ र ३ नम्बर वडाहरुले आर्थिक सहयोग गरि तालिम सन्चालन गरिएको हो । त्यस्तै गरि सिद्धार्थ हरियाली सामुदायिक बन उपभोक्ता समुहको समेत आर्थिक सहयोगमा रेडक्रस सरिखेत उप- शाखाको आयोजना रहेकोछ ।
सम्भावित बिपदको जोखिमबाट जोगिन र बिपदमा परि घाईते भएकाहरुको सहि तरिकाबाट उद्दार र उपचारको लागि कसरी सहयोग पुर्याउन सकिन्छ र आकस्मिक अवस्थामा घाईतेको मनोबल कसरी उच्च बनाई राख्न सकिन्छ भन्ने विषयमा पनि तालिममा सिकाईने आयोजकले जनाएकोछ ।
लामो समय देखि रेडक्रसमा आवद्ध भई प्राथमिक उपचार सम्बन्धी हाल राष्ट्रिय प्रशिक्षक समेत रहनुभएको प्रशिक्षक सुजन बि.क. द्वारा तालिम प्रदान गरिनेछ ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई मकवानपुर जिल्ला रेडक्रस शाखा सभापती एबम प्रशिक्षक लाल बहादुर थापा,जिल्ला शाखा मकवानपुर सदस्य एबम प्रशिक्षक पिताम्बर बास्तोला र जिल्ला रेडक्रस शाखा मकवानपुरका लेखापाल एबम प्रशिक्षक रामजी प्रसाद खतिवडाको प्रशिक्षण रहने सरिखेत रेडक्रस उप शाखाका सभापति चित्र बहादुर थिङले जानकारी दिनुभयो ।
तीन दिन सम्म सन्चालन हुने तालिममा २५ जना सहभागी रहेकोछ भने तालिमको समापन असार १८ गते हुनेछ ।