राक्सिराङ्गमा नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया ७० जनाले पुनः प्राप्त गर्दैछन् आँखाको ज्योती

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा मोतिबिन्दु लागेको ७० जनाको नि:शुल्क शल्यक्रिया गरेको छ । गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतिबिन्दु लागेको बिरामीहरुको नि:शुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

चैनपुरको प्रजा जागृति माध्यमिक बिद्यालयमा आइतबार भएको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतिबिन्दु बिरामी ९५ बर्षिय मन्जुरीमाया प्रजालाई लेन्स हस्तान्तरण गरेपछि शल्यक्रिया शुरुभएको थियो।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ प्रशासक सतिश बिष्ट, स्वास्थ्य मन्त्रालयका डाक्टर खगेश्वर गेलाल, डाक्टर नबिन दर्नाल, राक्सिराङ्ग आधारभूत अस्पतालका डाक्टर मेगनेहर श्रेष्ठ, हेटौडा सामुदायिक आँखा अस्पतालका डाक्टर सुशील कुमार सिंह लगायतले आतिथ्यता रहेको थियो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको व्यबस्थापनमा नि:शुल्क आँखा शिविर गत असार १२ देखि १५ गतेसम्म सन्चालन भएको थियो ।

शिविरमा ५ सय ७८ जनाले आँखाको परिक्षण गरिएको थियो भने ८५ जनाको मोतिबिन्दु फेला परेको र सम्पर्कमा आएको ७० जनाको शल्यक्रिया भएको हेटौडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक डाक्टर सुशील कुमार सिंहले जानकारी दिनुभयो।

हेटौंडा आँखा अस्पतालका ११ जना विशेषज्ञ डाक्टरहरुको सहभागितामा मोतिबिन्दुको शल्यक्रिया गरिएको कार्यक्रम संयोजक डाक्टर सिंहले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.