राक्सिराङ्ग गाउँपालिकामा नि:शुल्क आँखा शिविर संचालन हुदैछ । यहि असार १२ गते देखि १५ गते सम्म पालिकाको विभिन्न वडामा सन्चालन हुने नि:शुल्क आँखा शिविरबाट छानिएका बिरामीहरुको मोतिबिन्दुको शल्यक्रिया राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुरमा अवस्थित प्रजा जागृति माध्यामिक बिधालयमा
असार १६ गते हुने हेटौंडा सामुदायिक आँखा अस्पताल बाह्य कार्यक्रम संयोजक सुशील कुमार सिंहले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय, हेटौंडाको आयोजना एबम हेटौंडा सामुदायिक आँखा अस्पताल, हेटौंडा मकवानपुरको प्राबिधिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको स्थानिय ब्यबस्थापनमा कार्यक्रम हुन लागेको हो । शिबिरबाट नि:शुल्क आँखा जाँच सहित औषधिसमेत प्राप्त गर्नेछन्। आउँदो असार १२ गते काँकडा स्वास्थ्य चौकी राक्सिराङ्ग ६, असार १२ गते नै गौदान आधारभूत स्वास्थ्य केन्द्र राक्सिराङ्ग १,असार १३ गते सरिखेत स्वास्थ्य चौकी राक्सिराङ्ग २, असार १३ गते पलासे स्वास्थ्य चौकी राक्सिराङ्ग ३, असार १४ गते देबिटार आधारभूत स्वास्थ्य सेवा केन्द्र राक्सिराङ्ग ८ र असार १४ र १५ गते राक्सिराङ्ग गाउँपालिका ५ चैनपुरमा शिविर सन्चालन हुने भएको हो ।
त्यस्तै गरि असार १५ गते का दिन शिविरबाट फेला परेका मोतिबिन्दुका बिरामिहरुलाई शल्यक्रियाको लागि तैयारी गर्न , असार १६ गते शल्यक्रिया र असार १७ गते शल्यक्रिया गरिएकाहरुको ड्रेसिङ , औषधि र चस्मा बितरण गर्ने कार्य तालिका रहेको संयोजक सिंहले जानकारी दिनुभयो ।