थाहा दर्शनका प्रबर्तक रुपचन्द्र बिष्ट चड्ने गाडी अझै प्रयोगमै रहेकोछ । उनको २५ औं स्मृति दिवसको अवसरमा उनिले प्रयोग गर्ने गाडी मनहरी आईपुगेको हो ।

बिष्टको २५ औं स्मृति दिवसको अवसरमा मनहरी ८ स्थित सिम्पानी देउकोट सा ब उ मा खाली रहेको क्षेत्रमा बृक्षारोपण कार्यक्रम राखिएको थियो ।
राजनैतिक ब्यक्तित्व रुदानेको सहयात्री मध्येको एक यात्री/ रुपचन्द्र बिष्ट स्मारक समिती अध्यक्ष समेत रहनुभएका संविधान सभा सदस्य माननीय राम नारायण बिडारीले चढ्दै आईरहनु भएकोछ ।उनी चढ्ने गाडीको चारै तिर थाहा लेखिएकोछ ।

सामान्यतया गाडी २० बर्ष भन्दा बढी चलेको गाडी कि त कवाडीमा जान्छन् कि सडिरहेको देख्न पाउछौ । तर मकवानपुरे दार्शनिक बिष्टको देहावसान भएकै २५ बर्ष भईसकेको अवस्थामा पनि राज्यले उनी माननीय हुदा प्रदान गरेको गाडी अझै पनि जस्ताको त्यस्तै अवस्थामा चलेको देख्दा उनको बिचार जस्तै गाडी पनि मजबुत भएको प्रष्ट देखिन्थ्यो ।

बा . १ च ९९७९ नम्बरको गाडी अझै पनि रुदानेको नाममा रहेकोछ । २०५५ सालमा दर्ता भई मिति २०८१/०५/२९ सम्मको नबिकरण म्याद रहेको गाडीले बर्तमान नेता र उनिहरुको सोचलाई कुरि कुरि गरिरहेकोछ ।