नेकपा माओवादी केन्द्र राक्सिराङ्ग ४ को वडा कमिटी अध्यक्षमा मधुलाल

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र राक्सिराङ्ग ४ नम्बर वडा कमिटी गठन भएकोछ ।

शनिबार भएको वडा पार्टीको भेलाले मधुलाल थिङको नेतृत्वमा नयाँ वडा कमिटी गठन भएको हो । नब गठित पार्टीको वडा कमिटिमा दल बहादुर ग्लानलाई उपाध्यक्ष पदको जिम्मेवारी दिईएकोछ । त्यस्तैगरी आशिष ब्लोन रघुनाथ पाख्रिन र सुमित्रा तामाङ लोप्चन क्रमश पार्टी वडा कमिटिको सचिब, सह – सचिब र कोषाध्यक्षमा चयन गरिएको हो ।

थिङको नेतृत्वमा नब गठित पार्टिमा २९ सदस्यीय वडा कमिटी निर्माण गरिएको हो ।नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एबम मकवानपुर जिल्ला पार्टी अध्यक्ष भिम पाख्रिनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एबम निबर्तमान बागमती प्रदेश सभा सदस्य माननिय ओम बहादुर ग्लान (प्रदिप) को बिशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसै गरी पार्टीका बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवं राक्सिराङ्ग गाउँपालिका ईन्चार्ज शुभरत्न गोले,प्रदेश समिति सदस्य एवं राक्सिराङ्ग गाउँपालिकाका निर्वाचित उपाध्यक्ष बनस्तम थिङ,पार्टीका राक्सिराङ्ग गाउँ कमिटि अध्यक्ष हस्त बहादुर मोक्तान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी वडा कमिटी सम्योजक शरद थिङको सभाध्यक्षता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.