गणतन्त्र दिवसको अवसरमा मनहरीमा भएको खुल्ला नक आउट ब्याडमिन्टन प्रतियोगिताको बिजेता राक्सिराङ्ग बनेकोछ ।
जेष्ठ १७ र १८ गते गरि २ दिन सम्म संचालित १७ औं गणतन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको थियो । राक्सिराङ्ग गाउँ पालिकाको तर्फबाट देब चन्द्र गर्तौला र प्रबिण स्याङ्तानको जोडि प्रथम हुन सफल भएकाछन् । प्रथम स्थान हासिल सङ्गै नगद २१ हजार रुपैंया हात पारे । गर्तौला राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन् भने त्यस्तै प्रबिण राक्सिराङ्ग बाट उत्पादित पहिलो डाक्टर हुन्।

दोश्रो स्थान मनहरी गाउँपालिकाले हासिल गरेको छ । मनहरीको तर्फबाट दीपक थापा मगर र सगुन स्याङ्तानको जोडि भए । थापा र स्याङ्ग्तानको जोडिले दोश्रो हुँदै १४ हजारमा चित्त बुझाउनु पर्यो ।थापा मगर ईलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी निरिक्षक हुन् भने स्याङ्तान युवा समाजसेवी हुन्। निक्कैनै कडा प्रतिस्पर्धाका बोच गर्तौला र स्याङ्तानको टोलि प्रथम स्थान हासिल गर्न सफल भएको हो । पहिलो सेट थापा र स्याङ्तानको जोडिले जित्न सफल भएको थियो भने दोश्रो र अन्तिम सेट लगातार जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

त्यस्तै गरि तेश्रो स्थान राक्सिराङ्ग गाउँपालिकाकै उत्तम वाईबा र सन्च दोङको टिमले हाँसिल गर्यो । तेश्रो हुँदै उनिहरुले नगद ५ हजार रुपैयाँ हात पार्यो । वाईबा राक्सिराङ्ग गाउँपालिका ३ नम्बर वडाका निर्बाचित वडा अध्यक्ष पनि हुन्।
मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटार स्थित रबिन स्मृति मनहरी कवर्ड हलमा सम्पन्न खेलको बिजेता, उपबिजेता र सान्त्वना हुन सफल टिमलाई निबर्तमान बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले खादा , अबिर लगाउदै नगद सहित पुरस्कार हस्तान्तरण गर्नुएको थियो । दर्शक तथा खेलाडिको बाक्लो उपस्थिती रहेको फाईनल खेलमा निबर्तमान प्रदेश सभा संसद माननीय ओम बहादुर ग्लानको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै समापन समारोहमा राक्सिराङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, राक्सिराङ्ग गाउँपालिका ३ नम्बर वडा अध्यक्ष उत्तम वाईबा, ईप्रका मनहरी प्रहरी निरिक्षक दीपक थापा मगर , कभर्ड हल ब्यबस्थापन समिती अध्यक्ष गुणराज ग्लान , युवा समाजसेवी नमराज थिङ र पत्रकार तथा रेडियो राक्सिराङ्ग एफ एम का स्टेसन म्यानेजर उमेश राईको आतिथ्यतारहेको थियो ।
प्रतियोगिता संचालनका सम्योजक सगुन स्याङ्तानले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिदै खेलाडीहरुलाई पनो धन्यबाद दिएका थिए । कवर्ड हलमा मनहरीमा दोश्रो पटक सम्म प्रतियोगिता संचालन भई रहदा ब्याड मिन्टन खेल प्रती धेरैको रुचि बढेको गएकोछ ।