रोटरी स्कुलकी प्रगतीको बुद्ध आशन देखि बिदेशी दङ्ग

मनहरी गाउँपालिकाकै शैक्षिक हबको रुपमा स्थापित राष्ट्रिय रोटरी माध्यामिक बिधालयमा अध्ययनरत प्रगती भुजेलको बुद्ध आशनले सबैको ध्यान खिचेकोछ ।

रोटरी स्कुलमा कक्षा ३ मा अध्ययनरत बर्ष ८ कि भुजेल बुद्धको अवतारमा देखिएकी थिईन । जापानबाट आएका पाहुनाले उक्त दृश्य हेर्न पाउँदा दङ्ग देखिन्थ्यो ।बालबालिकाको क्षेत्रमा शिक्षा क्षेत्रमा लगानी गर्दै आईरहेको सप्लानिरले बिध्यालयहरुमा प्रत्यक्ष अनुगमन गर्दै आउने क्रममा यस्तो अदभूत कला देख्न पाउँदा खुशी लागेको उनिहरुले प्रतिक्रिया दिए ।

१५६८ औंं बुद्ध जयन्तिको पुर्ब सन्ध्यामा बिध्यालयले रचनात्मक क्रियाकलाप अन्तर्गत बुद्धको सम्मान स्वरुप बुद्धआशन प्रदर्शनी गरिएको हो । जेष्ठ १० गते बुद्ध जयन्तिको सार्बजनिक बिदा रहेको अवस्थामा बुद्ध उपदेश सहित स्कुलका बालबालिकालाई प्रदर्शनी गराईएको हो ।

पढाईको अलावा अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकता पाउदै आईरहेको बिध्यालयका बिद्यार्थीहरुले केही समय अगाडि बिज्ञान प्रदर्शनी समेत गरेका थिए । बुद्ध आशनमा रहेकी भुजेलसङ्ग फोटो खिचाउने बिधार्थिको भिड लागेको थियो भने उनलाई उक्त स्वरुपमा देखाउनको लागि बिधालय र शिक्षकहरुको निक्कै मेहेनत देखिन्थ्यो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.