फियान नेपालको आगामी कार्ययोजना निर्माण सम्पन्न लाभग्राही भन्छन् कपाल फुल्यो तर अझै लालपुर्जा पाएनौं

भू स्वामित्व र खाद्य सुरक्षाका विषयमा वकालत गर्दै आईरहेको संस्था फियान नेपालको आगामी बर्षमा सन्चालन हुने कार्य योजना निर्माण तथा छलफल कार्यक्रम सम्पन्न भएकोछ ।

सोमबार राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ घट्टेखोलामा जनप्रतिनिधि ,संस्थामा आवद्ध समूह र स्थानिय बुद्धिजीवीहरुको उपस्थितिमा नयाँ कार्ययोजना निर्माण सम्पन्न गरेको हो । नयाँ कार्ययोजना निर्माणका साथ साथै १८ महिनाको अवधिमा संस्थाले गरेका कार्यहरु, कमि कमजोरी , सुधार्नुपर्ने कुरा, स्थानिय समुदायको तदारुकता लगाएतका विषयमा गहन छलफल चलाईएको थियो।

बि.स.२०४७ सालमा तत्कालिन जिल्ला बिकास समिती अन्तर्गत प्रजा बिकास समितिद्वारा बितरण गरिएको राक्सिराङ्ग गाउँपालिकाका घट्टेखोलाका भुमिहिन सुकुम्बासीहरुले अझै सम्म पनि लालपुर्जा प्राप्त गर्न नसकेको विषयलाई गम्भीर्तापुर्बक छलफलमा उठाईएको थियो । तत्कालिन अवस्थामा उक्त स्थानमा ९ घरलाई ६/६ गट्ठाका दरले जग्गा बितरण गरिएको थियो ।छलफलबाट अब लाल पुर्जा प्राप्तिको लागि स्थानिय सरकारलाई पहल गरिदिन र सहजिकरण गरेर अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको थियो ।

कार्यक्रममा सहभागी ७० बर्षिय वृद्ध सन्तमान प्रजाले जग्गा बितरण भएको यत्रो समय हुँदा पनि लालपुर्जा हात नपर्दा दु:ख लागेको बताए । कपाल फुल्यो डाडा माथिको घाम भयौं , छोरा छोरी , नाता नातिना, पलाती देखिसक्यौ तर जग्गाको लालपुर्जा प्राप्त गर्न सकेकोछैन भन्दै दुखेसो पोखेका थिए । थप्दै उनले भने अझै पनि लालपुर्जा चाडैं नै आउने आशा नमरेको सुनाए ।

छलफलमा सहभागी राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाईबाले लालपुर्जा बितरण स्थानिय सरकारको अधिकार भित्र नरहेको र जिल्ला समितिले जति सक्दो चाडो बितरण गर्ने प्रक्रिया अगाडि बढाउछ आफुहरु जनतालाई बितरण गर्न तमतयार रहेको बताउनुभयो ।

लालपुर्जा बितरण प्रक्रियाका बारेमा जिल्ला समन्वय समिती प्रमुख ललित घलानले तत्कालिन प्रजा बिकास समितीद्वारा बितरण गर्ने निर्णयको माईन्युट नभेटिएको कारण बितरण प्रक्रिया रोकिएको र छिट्टैनै लालपुर्जा बितरण हुनेमा बिश्वास ब्यक्त गर्नुभयो । साथै अपरिपक्व निर्णय गरेर पछि फेरि दुख पाउने जनतालेनै हो भन्नुहुदै यसको बिकल्पको लागि संघिय सरकारको मन्त्रीपरिषदको निर्णयबाट सम्बोधन गर्न सकिने र त्यो छलफल चलिरहेको बताउनुभयो ।

राक्सिराङ्ग गाउँपालिकाको ३ नम्बर वडाको घट्टेखोला सहित प्यान्चे, मुस्ले र ठाडेचुरी गरि ४ स्थानमा तत्कालिन प्रजा बिकास समितिले जग्गा बितरण गरिएको थियो । घट्टेखोलामा ९ घरधुरीले जग्गा प्राप्त गरेको थियो । कार्यक्रममा फियान नेपालका लक्ष्मी गुरुङ, जिल्ला संयोजक उमा हुमागाई खाद्य सन्जाल प्रतिनिधि लगाएतकाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.