राक्सिराङ्गले आज देखि ४ छुट्टाछुट्टै स्थानमा बृहत एकीकृत घुम्ती शिबिर सन्चालन गर्दै

सेवा लिने सबैको अधिकार, घर घरमा स्थानिय सरकार भन्ने मुल नाराका साथ राक्सिराङ्ग गाउँपालिकाले वृहत एकीकृत घुम्ती शिविर बैशाख १० गते देखि शुरु गर्ने भएको छ ।

पालिकाले गत आर्थिक बर्ष २०८०/०८१ मा जस्तै यस आर्थिक बर्षमा पनि शिविरलाई निरन्तरता दिईएको हो। बैशाख १० गते देखि सन्चालन हुने शिविर २१ बैशाखसम्म संचालन हुनेछ ।

यस पटकको वृहत एकीकृत घुम्ती शिविरको पहिलो कार्यक्रम अन्तर्गत भोलि अर्थात बैशाख १० गते राक्सिराङ्ग २ नम्बर वडाको प्रजा प्रगती निम्न माध्यामिक बिधालयमा संचालन हुँदैछ ।

शिविरमा सहकारी जागरण कार्यक्रम,कृषि बिकास कार्यक्रम,पशु सेवा कार्यक्रम, आयुर्वेद सेवा र सामान्य स्वास्थ्य परिक्षण लगाएतका कार्यक्रम रहने पालिकाको भनाई रहेकोछ ।

सहकारी जागरण अन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रबर्द्धन कार्यक्रम रहनेछ । त्यस्तै कृषि बिकास कार्यक्रम अन्तर्गत मिनिड्रिलर,कम्वाईन मिल,टनेल प्लास्टिक,स्प्रे तथा बीउ बिजन बितरण , पशु सेवा कार्यक्रम अन्तर्गत पशु औषधि तथा घाँस बीउ बितरण , आयुर्वेद सेवा अन्तर्गत नागरिक आरोग्य सेवा कार्यक्रम, जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम,स्तनपान गराईरहेका स्तनपाई आमाको लागि दुग्धबर्धक औषधि बितरण र सामान्य स्वास्थ परिक्षण सेवा अन्तर्गत चिकित्सकीय स्वास्थ्य परिक्षण,अपाङ्गता परिचय पत्र बितरण ,मधुमेह, ब्लड प्रेसर ,क्षयरोग सम्बन्धी विशेष जाँच ,नरप्लाण्ट लगाएत प्रशुती रोग सम्बन्धी विशेष जाँच र गर्भवतीहरुको लागि भिडियो एक्सरे लगाएतका सेवाहरु गाउँमै पुगेर बितरण गरिने कार्यतालिका रहेकोछ ।

बैशाख १० गते हुने कार्यक्रमको अलावा वडा नम्बर ६ को काकडा स्वास्थ्य चौकी र जुरेथुम्ब प्रा बिमा बैशाख १४ गते , बैशाख १८ गते ४ नम्बर वडा कार्यालय तथा स्वास्थ्य केन्द्रमा र बैशाख २१ गते कालिका मा बि अठारे राक्सिराङ्ग ९ नम्बरमा शिविर राखिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.