बिजुली सर्टको कारण राक्सिराङ्ग ३ खहरेमा उपचारको लागि राखिएको ४ लाख ७० हजार नगद सहित घर जलेर नष्ट

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ खहरेमा बिजुली सर्टका कारण एक घर र गोठ सहित जलेर नष्ट भएकोछ । टिनले छाएको ढुङ्गा माटोको गारो भएको ६८ बर्षिय हरि बहादुर रानाको घरमा एक्कसी बिजुली सर्टका कारण आगा लागि भएको वडा अध्यक्ष उत्तम वाईबाले जानकारी दिनुभयो ।

आगालागी बाट जग्गाको लालपुर्जा, नगद, लत्ताकपडा, खाद्यान्न र भाडाकुडा जलेर नष्ट भएको हो ।

रानाका साथमा ७० हजार श्रीमती देबि माया राना मगरको उपचारको लागि बिदेशमा रहने कल्याण राना मगरले तीन लाख रकम दिएको र अर्का छोरा सजन राना मगरले ३० हजार रुपैयाँ सहित देबि माया आफैसंग पनि ७० हजार रुपैया गरि ४ लाख ७० हजार रुपैयाँ बराबरको नगद जलेर भएको वडा अध्यक्ष वाईबाले जानकारी दिनुभयो । नगद बाहेक अन्य जिन्सी सामाग्रीको क्षती भने एकिन भएको छैन ।

स्थानियहरुको सक्रियतामा आगो नियन्त्रणमा ल्याईएको थियो । आगालागी भएको खबर पाउना साथ वडा अध्यक्ष , नेपाल प्रहरी र रेडक्रस उपशाखा सरिखेत सभापती चित्र बहादुर थिङ लगाएतकाको सहभागितामा आगोलाई नियन्त्रणमा लिईएको थियो ।

घटना लगत्तै उक्त स्थनमा पुगेका वडा अध्यक्ष वाईबाले तत्काल राहतको ब्यबस्था गरिने बताउनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.