राक्सिराङ्ग गाउँपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवस बिबिध कार्यक्रम गरेर मनाउने भएकोछ ।
मार्च ५ मा मनाईदै आईरहेको अन्तराष्ट्रिय महिला दिवसलाई सफल पार्नको लागि राक्सिराङ्ग गाउँपालिकाले लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण सम्बन्धी अभिमुखिकरण तथा मनोरञ्जनात्मक कार्यक्रम सन्चालन गर्न लागिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थीले जानकारी दिनुभयो ।
बिहान १० बजेदेखी शुरु हुने कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधि , पालिका भित्रका कर्मचारी,संघ संस्थाका प्रतिनिधी, अगुवा महिलालाई सहभागी भईदिन पालिकाले आग्रह समेत गरिएकोछ ।