मनहरीकै सबै भन्दा पुरानो संस्थागत बिधालय युनाईटेड बोर्डिङ स्कुलले बिद्यार्थीलाई ब्यबहारिक शिक्षामा प्रत्यक्ष सहभागी गराउने र व्यापार गर्दा ध्यानदिनुपर्ने कुरा सानै उमेरमा सिक्ने र सिकाउने उद्देश्यले कार्यक्रम गरिएको बिध्यालयका प्रिन्सिपल बिष्णु सुबेदिले जानकारी दिनुभयो ।

कक्षा ७ देखि ९ कक्षासम्मका बिद्यार्थीहरुको सहभागिता रहेको फेस्टमा ११ वटा स्टल रहेको थियो ।युनाइटेड फेस्ट २०८० बाट बिद्यार्थीहरुले १ लाख ५० हजार रुपैयाँको कारोबार गरेको थियो । यस्तै कक्षा ८ का बिधार्थीद्वारा सन्चालित युनाईटेड खाजा घरले सबै भन्दा बढी व्यापार गरेको थियो । उनिहरुले १८ हजार ६ सय पचासी रुपैयाको कारोबार गर्न सफल भएको थियो ।सामान खरिद गर्न बिधालयले लगानी गरिएको र जति पनि नाफा बिद्यार्थीलाईनै हुने बिधालयको भनाईछ ।
फेस्टमा खाजा सेट , नेवारी खाजा, चिकेन म:म बर्गर गाजरको हलुवा , लप्सी , मकैको फुल , पानी पुरी , हाईजनिक चपटे तथा पानी पुरी त्यस्तै चिया, कफि लगाएत २० भन्दा बढी प्रकारका खानेकुराको स्टल राखिएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गरि वडा नम्बर ८ का अध्यक्ष नारायण उप्रेती, ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल बिब्यस अध्यक्ष राम चन्द्र उप्रेती लगाएतले फेस्टलाई सफलताको लागि शुभकामना दिएका थिए ।

फुड फेस्टमा स्थानिय अभिभावक , भुतपुर्व बिद्यार्थी , महेन्द्र किरण माध्यमिक बिधालयका बिधार्थी र अन्य स्थानिय समुदायका ब्यक्तिहरुको उत्सुकतापुर्ण सहभागी रहेको थियो । पहिलो पटक आयोजना गरिएको कार्यक्रममा प्रत्येक स्टलमा कक्षा शिक्षक सहित अर्को एक जना शिक्षक थप गरि बिधार्थिहरुको आफ्नै सक्रियता एबम कलाको प्रयोगद्वारा बनाईएको परिकार स्वादिष्ट रहेको प्रतिक्रिया फेस्टमा सहभागीहरुले दिएका थिए । सोही क्रममा विद्यार्थीहरुद्वारा प्रोजेक्ट वर्कको सिलसिलामा निर्माण गरेको कलात्मक सामाग्रीलाई डेमोको रुपमा राखिएको थियो । फेस्टमा प्लास्टिकका भाडाको साटोमा बिद्यार्थीलाई तपरी बुन्ने तालिम पस्चात बिद्यार्थी आफैले बुनेका टपरीको प्रयो गर्दै अझ थप महत्वको अवसर बनाईदिएको थियो ।

आफुहरुले तयार पारेको परिकारको बिक्री मात्र नभई स्वादिष्ट मान्दै खाईदिएको प्रती बिद्यार्थीहरु एक्दम खुसी देखिन्थे । बिधालयले यसको साथसाथै पढ्दै कमाउदै कार्यक्रमलाई निरन्तरता दिदै आईरहेकोछ । त्यस्तै
स्पोर्ट्स विक लगाएत अन्य सामाजिक तथा शैक्षिक गतिबिधिहरु कक्षा कोठा बाहिर संचालन गर्दै आईरहेकोछ ।
बिक्रम सम्बत २०५७ सालमा स्थापना भएको बिधालयमा हाल १ हजार एक सय बिद्यार्थी अध्ययनरतछन्। कक्षा १० सम्म अध्यापन हुने बिधालयले पछिल्लो समयमा एसईईमा पास हुने संख्यामा वृद्धि मात्र होईन उच्च अन्क सहित पास गराउने शैक्षिक केन्द्रको रुपमा आफुलाई चिनाउदै आईरहेकोछ ।
