ईलाका प्रहरी कार्यालय मनहरीले ४ जनालाई नक्कली नोट सहित पक्राउ गरेकोछ । उनिहरुलाई कैलाश गाउँपालिका वडा नम्बर ८ भार्ताबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा लोकेन्द्र बहादुर मुक्तान सहित ४ जनालाई रहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपक थापा मगरले जानकारी दिनुभयो । उनिहरुलाई फाल्गुन ५ गते पक्राउ गरिएको हो ।
मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित हरियाली रेस्टुरेन्टमा उनिहरुले गत फाल्गुन ३ गते खाजाको पैसा तिर्ने क्रममा दिईएका पैसा नक्कली भएको भन्दै रेस्टुरेन्ट संचालकले ईलाका प्रहरी कार्यालय मनहरीलाई सुचना गराईएको थियो ।

लगतै प्रहरीले उक्त टोलिलाई फलो अप गर्दै जाँदा कैलाश गाउँपालिका वडा नम्बर ८ भार्ताबाट एक हजारका नक्कली नोट २४ थान सहित फाल्गुन ५ गते पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । ४ जनालाई पक्राउ गरिएता पनि अन्य ३ जना भने खाजा खाने साथी रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।नोट कहाँबाट आयो र कति मात्रामा रहेकाछन् भन्ने विषयमा म्याद थप गरि थप अनुसन्धान भईरहेको समेत जानकारी दिनुभयो ।
