मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेका एक आगलागीका बिरामीलाई मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ,वडा नम्बर ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल सहित पालिकामा कार्यरत अन्य कर्मचारीहरुको तर्फबाट अग्नि पिडितलाई ३२ हजार आर्थिक सहयोग गरेको छ ।
आगोले पोलेर गम्भीर घाइते भएकी अनिता गौतमलाई उनको उपचारका राहत मिलोस् भन्दै उनको घरमै गएर उपाध्यक्ष सहितको टोलिले गत फाल्गुन १ गते मंगलबार बिरामिलाई हस्तान्तरण गर्नुभएको हो ।
आफ्नै घरको चुल्हो छेउमा सुतेकी गौतमको केही दिन अगाडि कपडाबाट आगो सल्की शरिरको विभिन्न भाग जल्न पुगेको थियो । घरको आर्थिक अवस्था निकै कमजोर रहेको उनको उपचारको लागि भन्दै आफू लगायत पालिकामा काम गर्ने कर्मचारीहरुको स्वैच्छिक सहयोग गरेको उपाध्यक्ष मगरले बताउनुभयो । शरिरका विभिन्न भागमा आगोले पोलेर घाईते भएका उनको हाल काठमाण्डौं किर्तिपुर अस्पतालमा उपचार भईरहेकोछ ।
