माघ २७ गते हुने २८६० डुक ल्हो सोनाम ल्होछार मेलाको सम्पुर्ण तयारी सकिएकोछ । साङ्ग छ्योफेल गुम्बा परिसरमा रहेको बुद्ध शान्ति हरित पार्कमा तामाङ समुदायको महान चाड ल्होछारको अवसरमा मेला लाग्ने स्थल र गुम्बा नयाँ दुलही झै चिटिक्कै सिङ्गारिएकोछ ।
मेलामा नेपाल सरकार बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा हुँदैछ । मनहरी गाउँपालिका वडा नम्बर ७,८र ९ नम्बर वडामा रहेका गुम्बाहरुको समेत सहभागितामा मेला सम्पन्न हुदैछ ।मेलामा गुम्बा स्थापना कालको लामा गुरु देखि तामाङ समुदायबाट समुदायमा प्रतिष्ठित ब्यक्तिहरुलाई सम्मन गर्ने मेला आयोजक मुल समितीका संयोजक सुरेश मुक्तानले जानकारी दिनुभयो ।
यस्तै गरि गत बर्ष देखि शुरु गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई पनि यस बर्ष निरन्तरता दिने भएकोछ । मनहरी गाउँपालिका वडा नम्बर ७ भित्र बस्ने ८० बर्ष पुगेका जुनसुकै समुदायका जेष्ठ नागरिकलाई सम्मान गरिने भएकोछ । मङ्गोलियन टिचर्स ग्रुपको आर्थिक सहायतामा सम्मान कार्यक्रम गर्ने भएको हो । वडा भित्र ८० बर्ष लागेका ५३ जनाको नाम प्राप्त भएको र अझै यो संख्या बढ्न सक्ने आयोजकको अनुमान रहेकोछ ।
टिचर्स ग्रुपका सदस्य लालु रुम्बा मोक्तानले समुदायका जेष्ठ नागरिकलाई हामी सबैले सम्मान र माया गर्नुपर्छ । उहाँहरुले समाजको लागि धेरै योगदान पुर्याउनु भएकोछ भन्दै धेरै नभए पनी उहाँहरुको लागि एकदिन सास्कृतिक पर्बको अवसर पारेर हामिले सम्झन लागेकाछौं भन्नुभयो । यो पुन्यको कार्यमा सबैले नाम टिपाएर सहयोग गर्नुभएको प्रती धन्यवाद समेत दिनुभयो । टिचर्स ग्रुपमा आबद्ध भएकाहरुको माषिक ३ हजार रुपैयाँ बचत गर्दै आएकोछ । त्यही बचतको ब्याज मार्फत यो सम्मान गर्न लागिएको शिक्षिका रुम्बा मोक्तानले जानकारी दिनुभयो । ग्रुपमा १० जना आवद्ध रहेकाछन् भने बेला बेलामा अन्य सामाजिक कार्यमा आफुलाई अग्रणी स्थानमा राख्दै आईरहेकोछ । यस पटक बृद्धबृद्धाहरुको सम्मन स्वरुप खादा सहित नगदले सम्मान गर्न लागिएको मेला आयोजक समितिका आर्थिक उप – समिती संयोजक शिव लाल तामाङले बताउनुभयो ।
मेलालाई आकर्षक र रमाईलो बनाउनुको लागि तामाङ सेलोका कलाकारहरु र स्थानिय कलाकारको प्रस्तुती रहने प्रचारप्रसार उप- समिती सम्योजक गोबिन्द घलानले जानकारी दिनुभयो । मेला आयोजक मुल समिति संयोजक मुक्तानले ल्होसार बौद्ध धर्मावलम्बीको मात्र नभई सम्पुर्ण तामाङ जातिको साझा बनाउने प्रयास भएको र अन्य धर्मावलम्बीहरुपनी यस महान चाडमा सहभागी भईदिन आग्रह गर्नुभयो । साथै आज बिहान ११ बजे हुने कलस र्यालीमा सम्पुर्ण समुदायलाई उपस्थिती भई मेलालाई सफल बनाईदिनुहुन आग्रह गर्नुभयो ।