राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा बाल बिबाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न भएकोछ ।
शुक्रबार राक्सिराङ्ग ८ नम्बर वडाको आधारभुत बिधालय देबिटार स्कुलमा बिधालयमा अध्ययनरत बिधार्थी , शिक्षक , अबिभावक र जनप्रतिनिधि सम्मीलित कार्यक्रममा बाल अधिकार र बाल बिबाह सम्बन्धि छलफल तथा जानकारी गराईएको थियो ।

सिविन नेपाल मकवानपुरका संयोजक झबेन्द्र ज्ञावाली र सिविन कार्यक्रम अधिकृत सम्झना अधिकारीको संयुक्त सहजिकरणमा सम्पन्न कार्यक्रममा बाल बालिका सम्बन्धि महासन्धि १९८९ नोभेम्बर २० मा घोषणाले बालबालिकाको बाँच्न पाउने अधिकार ,संरक्षणको अधिकार ,बिकासको अधिकार र सहभागिताको अधिकार लगाएतका विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा बाल बिबाह हुदाको फाईदा र बेफाईदाका बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको सभाध्यक्षता गर्नुभएका राक्सिराङ्ग ८ नम्बर वडाका अध्यक्ष युसाई प्रजाले अशिक्षाको कारण बाल बिबाह धेरै भएको स्विकार्दै बिशेष लक्षित समुहलाई यसको बारेमा जानकारी हुन र सचेत हुन आवश्यक रहेको बताउनुभयो ।अहिले पनि आफ्नो वडामा बाल बिबाह धेरैनै हुनेगरेको तितो यथार्थ रहेको बताउदै आफ्नो छोरा छोरिको भबिष्य सुरक्षित र सार्थक बनाउन अभिभावकको पनि ठूलो भुमिका रहने भएकोले सबैले आ आफ्नो घर परिवारबाट बाल बिबाह रोक्ने प्रण गरौ भन्नुभयो ।
सिविन मकवानपुरले बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेकोछ ।बाल श्रम , बाल बिबाह रोकथामका लागि कार्य गर्दै आईरहेको सस्थाले बालबालिकाको शैक्षिक क्षेत्रमा प्रत्यक्ष लगानी गर्दै आईरहेकोछ ।
राक्सिराङ्ग गाउँपालिकाले बाल बिबाह न्यूनीकरण गर्नको लागि बिधालयमा अध्ययनरत बिधार्थिलाई लक्षित गर्दै सचेतना मुलक कार्यक्रम चलाउदै आईरहेकोछ ।