राक्सिराङ्ग गाउँपालिकामा बाताबरण सम्बन्धी कार्यशाला सम्पन्न भएकोछ । गत आईतबार १४ गते राक्सिराङ्ग ५ चैनपुर स्थित प्रजा जागृती माबी मा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकद्वार प्रबर्तित मानव अधिकार समूह राक्सिराङ्गले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले बिशेष बाटोमा धुलोले हिड्नै नसक्ने अवस्था भो भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
स्थानिय जनप्रतिनिधि , गाउँपालिका प्रशासन , बिध्यालय शिक्षक , बिद्यार्थी र मानव अधिकार समूह सदस्यहरु सम्मेलित कार्याशालामा बाटो सङसङै दैनिकी रुपमा घर , होटल, स्कुल र हस्पिटल लगाएत अन्य क्षेत्रबाट उत्पादित फोहोर ब्यबस्थापन कसरी गर्ने र बाताबरणलाई कसरी स्वच्छ राख्ने भन्ने विषयमा छलफल चलाईएको थियो ।
त्यस्तै बिकाश निर्माणको क्रममा बाताबरणको नोक्सानीका बारेमा छलफल चलाईएको थियो । फोहोर जथाभावी फ्याल्दा खानेपानीको मुहान समेत दुषित भएको र पछिल्लो समयमा राक्सिराङ्गकै पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुँदै आईरहेको जलपरी झरनाको सरसफाईका विषय उठेको थियो ।
कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा राक्सिराङ्ग गाउँपालिका ५ नम्बर वडा अध्यक्ष एबम पालिका प्रबक्ता समेत रहनुभएका हरि बहादुर प्रजाले पालिकाले फोहोर ब्यबस्थापनको लागि छिट्टैनै ट्र्याकटर किन्ने बताउनुभयो । फोहोर बिसर्जन गर्ने उपयुक्त ठाउँको खोजी कार्य भईरहेको बताउदै फोहोर ब्यबस्थापनको लागि टोल बिकास मार्फत कार्य अगाडि बढाईने समेत बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द अधिकारीले पालिकाले बाताबरण बिभागलाई हेर्न छुट्टै कर्मचारी राखेर अगाडि बढेको बताउनुभयो । वातावरण स्वच्छ र सफा राख्न हामी सबैको दायित्व रहेको भन्दै सबैको साथ सहकार्य रहन जरुरी रहेको बताउनुभयो ।
मानव अधिकार समूह राक्सिराङ्गको संयोजक चन्द्रमान प्रजाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण ईन्सेक मकवानपुरका सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।