शिक्षकको अभावमा भएका कारण कतै जनप्रतिनिधिले कक्षाको सहजिकरण गर्दै गरेको खबर त सुनेकै हो । यस्तै शिक्षकको अभावको कारण बिद्यार्थी मारमा परे पछि शिक्षा शाखा अधिकृत आफै पढाउन लागि परेकोछ ।
राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुर पालिका सङ्गै टासिएर रहेको प्रजा जागृती माध्यामिक बिधालयमा अर्ध बार्षिक परीक्षा सम्पन्न भइसक्दा पनि शिक्षक नभए पछी केही समय अगाडि बिद्यार्थीले शिक्षक चाहियो भन्दै आन्दोलन नै गरेका थिए ।
सामाजिक बिकास शाखा प्रमुख गोबिन्द अधिकारीले अफिसको काम सकि खाजा खाने समयको सदुपयोग गर्दै एक साता देखि आफैले कक्षा लिन थाल्नुभएको हो । उक्त बिधालय यसै बर्ष देखि आधारभूतबाट माध्यामिक बिधालय भएको हो ।

एका तर्फ पालिकाकै शिक्षा शाखा प्रमुख,सामाजिक बिकास शाखा प्रमुख,कर्मचारी प्रशाशन शाखा प्रमुख र
बन वातावरण तथा बिपद ब्यबस्थापन शाखा प्रमुख बनी कार्यालय सम्हाल्दै आईरहेका अधिकारीले बिधालयका बिद्यार्थीहरुको भबिष्य नबिग्रीयोस भन्ने हेतुले आफुले सहयोग गरेको बताउनुभयो । कक्षा ९ का बिद्यार्थीहरुलाई लेखा विषय पढाएर सहयोग गर्दिएकोछु भन्दै राज्यले शिक्षा क्षेत्रमा सचेतता पुर्बक लगानी गर्नु पर्ने आवश्यकता रहेको समेत बताउनुभयो । साथै केही समयको लागि निशुल्क सहजिकरण गरिदिने समेत जानकारी दिनुभयो ।

कक्षा संचालन भएको झण्डै आधा शत्र सकिसक्दा पनि शिक्षक उपलब्ध हुन नसकेपछी निरास भएका बिद्यार्थी अधिकारीको आगमनसङ्गै उत्साहित भएकाछन्। अधिकारीले कक्षामा गएर पढाउदै गर्दा बिगदको याद आएको महसुस भई रहेको प्रतिक्रिया दिनुभयो ।

माध्यामिक तहको अध्यापन हुने बिधालयमा एउटा पनि दरबन्दी नभएको उक्त बिधालयमा १२ जना शिक्षक रहेकोछ । ईसिडीमा १ जना , प्राबि तहमा निजि श्रोत सहित ७ जना र निम्न माध्यामिक तहमा ३ जना शिक्षक कार्यरत रहेकाछन्।
हेड मास्टरको राजिनामा ?
प्रजा जागृती माध्यामिक बिधालय चैनपुरका हेड मास्टर सुर्य बहादुर प्रजाले पदबाट राजिनामा दिएको १ महिना भई सक्दापनी नयाँ प्रशासक नियुक्ती र राजिनामा स्वीकृत हुन सकेकोछैन । जस्को कारण बिधालयको प्रशासनिक कार्यमा समेत समस्या आएको छ । बिधालयमा ३ सय २० जना बिधार्थी अध्ययन गर्दै आईरहेकोछ ।
