नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) राक्सिराङ्ग गाउँपालिका वडा नंं.७ को दोस्रो सम्मेलन सम्पन्न ।बुधबार सम्पन्न सम्मेलनले कृष्ण बहादुर थिङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
सोही अवसरमा दुई दर्जन स्थानिय नेता कार्यकर्ता एमाले काङ्ग्रेस पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेको हो । नब प्रबेसी टोलिलाई मकवानपुर जिल्ला समन्वय समिती सदस्य एबम राक्सिराङ्ग गाउँपालिका पार्टी अध्यक्ष साथै सम्मेलनको प्रमुख अतिथी हस्त मुक्तानले फूल माला लगाएर स्वागत गरेको थियो ।
सम्मेलनले वडा कमिटिको सचिव गौत्तम मुक्तानलाई सर्बसम्मत चयन गरेको छ । त्यसैगरी कान्छामान प्रजाको नेतृत्वमा २१ सदस्यीय वाईसिएल ७ नं. वडा कमिटि गठन गरिएको छ । वाईसिएल वडा कमिटि सचिवमा आकाश गोले चयन भएकाछन् ।

बि. स. २०४१ सालदेखि कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँदै नेकपा एमाले पार्टीमा सक्रिय रहदै आईरहेका राम बहादुर गोेलेको नेतृत्वमा ४ जना र नेपाली काँग्रेस परित्याग गरी दुई दर्जन स्थानीय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको श्रोतको दाबी रहेकोछ ।
