अबिरल बर्षासङ्गै रोकिएको तेश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप खुल्ला फुटबल सोमबारदेखि हुने

मनहरी गाउँपालिका भित्रकै सबै भन्दा ठूलो धनराशी रहेको फुटबल प्रतियोगिताको रुपमा रहदै आएको वडा अध्यक्ष भिमान सहिद स्मृति फुटबल प्रतियोगिता यहि सोमबार अर्थात कात्तिक १६ गते देखि शुरु हुने भएकोछ ।

यस अघि कात्तिक १४ गते देखि संचालन हुने भनिएको प्रतियोगिता अबिरल बर्षासङ्गै स्थगन गरिएको थियो । १० बर्षे महान जनयुद्धमा मनहरी गाउँपालिका वडा नम्बर २ को ऐतिहासिक स्थल भिमानको छुट्टै अस्तित्व र महत्व रहेकोले त्यस ठाउँमा युद्धमा परि १९ जना  सहिद भएका थिए । तिनै महान सहिदहरुको सम्झना स्वरुप उक्त प्रतियोगिता सन्चालन हुँदै आईरहेकोछ । पछिल्लो समयमा उक्त स्थाललाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउनको लागि स्थानिय वडा सरकारको सक्रियतामा भौतिक सम्रचना सङसङै अन्य बिकासका पुर्वाधारहरु बन्दै आईरहेकोछ ।

तेश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति फुटवल प्रतियोगितालाई यस पटक खुल्ला रुपमा सन्चालन गरिने प्रतियोगिताका संयोजक चन्द्र सिङ स्याङ्तान ( माधव) ले जानकारी दिनुभयो । साथै प्रतियोगितामा आयोजक २ नम्बर वडा खेलकुद बिकास समिती सहित १२ वटा टिमको सहभागिता रहेको र १६ गते उद्घाटन खेलसङै २ वटा खेल सन्चालन गर्न लागिएको समेत जानकारी दिनुभयो । पहिलो खेल दिउँसो १२:०० बजे आर आर सि मनहरी ३ र बुद्ध एफ सी हेटौंडा १ बिच हुनेछ । यस्तै दोश्रो खेल दिउँसो ३ :०० बजे जनसिद्ध एफ सी मनहरी ३ र चकरी एफ सी अम्लेखजङ्ग बारा बिच हुनेछ ।

त्रिरत्न आधारभुत बिधालयको खेल मैदानमा हुने खेलको प्रथम हुने टिमले नगद १,११,१११/- रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोश्रो हुने टोलीले नगद ५५,५५५/- रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीले नगद ३,०००/- र प्रमाणपत्र त्यस्तै बिधागत उत्कृष्ट खेलाडीले नगद ३,०००/- रुपैयाँ , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सर्बोत्कृष्ट खेलाडीले नगद ५,०००/- सहित ट्रफी हात पार्नेछ ।

प्रतियोगितालाई देश तथा बिदेशमा रहने खेलप्रेमीहरुलाई सहज रुपले खेल हेर्नको लागि सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रसारणमा जोड्ने तयारीमा रहेको आयोजकले जानकारी दिएकोछ । खेलकुद बिकास समिती मनहरी २ नम्बर वडाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मनहरी गाउँपालिका वडा नम्बर २ को कार्यालय रहेको छ भने मनहरी गाउँपालिकाको कार्यालय सह प्रायोजकको रुपमा रहेकोछ ।

प्रतियोगिताको फाईनल खेल कात्तिक २३ गते दिउँसो १:०० बजे हुने आयोजकले जानकारी दिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.