विकट बालभन्याङको विद्यालयलाई चैनपुर जेसीजद्वारा शैक्षिक सामग्री सहयोग

      चैनपुर जेसीज मनहरीले मनहरी गाउँपालिका ६ बालभन्ज्याङमा रहेको राष्ट्रिय सरस्वती प्राविलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जेसीज सप्ताह २०२६ को दोस्रो कार्यक्रम अन्तर्गत बिहीबार एक कार्यक्रमकाबीच विद्यालयलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरेको हो ।

मनहरीको विकट क्षेत्रको रुपमा रहेको बालभन्ज्याङको राष्ट्रिय सरस्वती प्राविमा आदिवासी जनजाति समुदायको बालबालिका अध्ययनरत रहेका छन् । कार्यक्रम संयोजक अनुप अधिकारीको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाको स्रोत शिक्षक एवम् जेसीजका सल्लाहकार बिदुरबिक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयमा ६५ जना बालबालिका अध्ययनरत रहेका छन् । ‘मनहरीको विकट स्थानको रुपमा रहेको यस विद्यालयलाई करिब २० हजार रुपैयाँ बराबरको आवश्यक स्टेसनरी सामग्री सहयोग गरेका हौं’, अध्यक्ष गौतमले भने, ‘सम्भव भएसम्म प्रत्येक वर्ष यस विद्यालयलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धता छ ।’

कार्यक्रममा प्रमुख अतिथी थापाले मनहरीको विकट र आवश्यक विद्यालय छनौट गरी शैक्षिक सामग्री सहयोग गरेको भन्दै जेसीजलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्दकुमार चौधरी, अध्यक्ष रमेशकुमार मोक्तान, जेसीजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

जेसीज सप्ताह अन्तर्गत यस वर्ष विविध कार्यक्रमको आयोजना गरिरहेको जेसीज सप्ताहका मूल कार्यक्रम संयोजक कार्यकरिणी उपाध्यक्ष राजु सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.