सामुदायिक बिधालयहरुको भर्ना अभियान चलिरहेको बेला मनहरी ६ सुनाचुरी स्थित श्री राष्ट्रिय माध्यामिक बिधालयले बिना शुल्क भर्ना अभियान चलाएकोछ । बाल बिकास देखि कक्षा १० सम्म अध्यापन हुने उक्त बिधालयले त्यहा पढ्न आउने बिधार्थीहरुलाई निशुल्क भर्ना गराईएको बिधालयका प्रधानाध्यापक सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
साथै आधुनिक भौतिक संरचना र प्रयाप्त कक्षा कोठा साथै प्रबिधीमैत्री पठनपाठनको लागि सक्षम रहेको बिधालयले टाढाबाट आउने बिधार्थीको लागि छात्रबासको समेत छिट्टै ब्यबस्था गर्ने बताउनुभयो । झण्डै ७५० को हाराहारीमा बिधार्थी रहेको उक्त बिधालयमा छिमेकी जिल्लाको पुर्वी क्षेत्र राप्ती नगरपालिकाबाट समेत पढ्न आउने गर्दछ ।
बिधालयको क्षेत्र ठूलो भएकाले बिधार्थीलाई सहजरुपमा स्कुल आउने बातावरण बनाउन स्कुल बस राख्न लागिएको हो ।
स्थानिय सरकारको ४० लाख लगानीमा बिधालयले नयाँ बस खरिदको प्रक्रिया अगाडि बढाई सकेकोछ । बिधालयले कम्पनी तथा फर्म सुचिकृत गराउने र प्राबिधिक प्रस्तावना समेत आह्वान गरिसकेको अवस्था छ ।
प्राबिधिक प्रस्तावनामा छनोट भए पश्चात् कर छुटको लागि शिक्षा , बिज्ञान तथा प्रबिधी मन्त्रालयलाई पत्र पठाईने तयारी बिधालय प्रशासनको रहेकोछ । तत्कालको लागि बिधालयले भाडामा बस सेवा प्रदान गर्ने गरि तयारी गरेको बिधालय प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । बस सेवा लिने बिद्यार्थीहरुले मासिक ६ सय रुपैयाँ बिधालयलाई दिनुपर्नेछ ।
गाउँपालिकाले २०८१/०८२ मा १० लाख रुपैयाँ र यस आर्थिक बर्षमा १० लाख रुपैयाँ र बाँकी रकम २० लाख रुपैयाँ बिधालयले ब्यबस्थापन गरि ल्याउने र बस ल्याईसकेपछी उक्त बाँकी २० लाख रुपैयाँ पालिकाले भुक्तानी गर्ने गरि सम्झौता भएको समेत प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।
पालिकाले शिक्षा सुधारका लागि जनशक्ती ब्यवस्थापन देखि भौतिक निर्माण , अतिरिक्त क्रियाकलापमा जोडदिदै आईरहेकोछ ।
https://shorturl.fm/GHm9y
https://shorturl.fm/Rp1lI
https://shorturl.fm/5tumo
https://shorturl.fm/BILZh
https://shorturl.fm/cZzRy
https://shorturl.fm/Eh2Ym
https://shorturl.fm/zMT2L
https://shorturl.fm/YJFbm
https://shorturl.fm/7gg2M