आगलागीबाट घर बिहिन बनेकी चेपाङले श्रम संस्कृति पार्टीको सक्रियतामा पाईन सुरक्षित आवास

आगलागीबाट आफ्नो शरिरमा भएको एक सरो लुगा बाहेक घरमा भएको केही पनि सामाग्री , खाद्यान्न र लत्ताकपडा निकाल्न नपाएका राक्सिराङ्गका एक बिपन्न दम्पतिले बस्नको लागि सुरक्षित आवास ( घर) प्राप्त गरेकोछ ।

राक्सिराङ्ग ३ लावती स्थित कान्छी माया चेपाङको घरमा एक्कासी आगो लागेको र घरमा आगो लागेको खबर छिमेकी मार्फत प्राप्त गरेका चेपाङका दम्पती अरुको मेला गएको र कामै थाती राखेर घर आईपुग्दा आश्रयको लागि बनाएको घर आगोको रापले खरानी बनाएको दृश्य टुलुटुलु हेर्न बिबस भएका थिए ।

गत चैत्र ४ गतेको अप्रिय घटनाको जानकारी पाए लगतै युवा ब्यबसायी तथा श्रम संस्कृति पार्टीका युवा नेता रुद्र मुक्तानको पहलमा तत्काल पार्टीले सहयोग जुटाई घटना घटेको दोश्रो दिननै घटना स्थलमा पुगी पीडितलाई रु १२ हजार रुपैया बराबरको खाद्यान्न तथा केही लत्ताकपडा सहयोग गरिएको थियो । तर त्यहाको बस्तुगत अवस्था देखिए पछि मानवीय पक्षलाई ध्यान दिदै तत्काल बस्नको लागि दुई कोठे भवन सहयोग उठाएरै भए पनि बनाईदिने भन्दै युवा समाजसेवी मुक्तानको संयोजकत्वमा घर निर्माण सहयोग संकलन अभियान सन्चालन गरिएको थियो । सामाजिक संजाल मार्फत सहयोगको अपिल गरे लगतै केही दिनमै घर निर्माणको लागि सहयोगी मनहरुले आगलागीबाट घर बिहिन भएका चेपाङ परिवारलाई बस्नको लागी बनाउने लागत बराबरको रकम उठाउन सफल भए । अनुमानित लागत बराबरको रकम उठेपछि अभियान टोलीले रकम उठाउने कार्य स्थगन गरिएको घोषणा गरेका थिए ।

उनिहरुले अभियान अन्तर्गत २,०५,१६६ रुपैयाँ संकलन गरेका थिए । उठेको रकम र घर निर्माण कार्यमा भएको खर्चको हिसाब किताब आज शुक्रबारका दिन निर्माण सम्पन्न पश्चात् घरधनिलाई घर हस्तान्तरण कार्यक्रममा अभियानका संयोजक मुक्तानाले सार्वजनिक गर्नुभएको थियो । सहयोगी दाताहरुले आर्थिक सहयोगका साथै निर्माण सामाग्री , ज्याला सहुलियत र धुवानीमा सहजिकरण गरिएको समेत संयोजक मुक्तानले जानकारी दिनुभयो ।

श्रम सस्कृति जिल्ला कमिटी पार्टीको श्रम अभियान कार्यक्रमले पनि घर निर्माण कार्यलाई सार्थकता प्रदान गरिएको देखिन्छ । उक्त पार्टीले घर निर्माणको शुरु देखि अन्त्यसम्म श्रमदान अभियानलाई जोडेकाथिए ।

श्रम सस्कृति पार्टी राक्सिराङ गाउँ कमिटी अध्यक्ष मान बहादुर मुक्तान, उपाध्यक्ष सुकुमान योन्जन, युवा नेता रुद्र मुक्तान र पार्टीका केन्द्रिय सदस्य मन्दिरा मुक्तान लगाएतको निरन्तरको प्रयासमा सहारा बिहिन परिवारलाई सुरक्षित आवासको ब्यबस्थापन गर्न सफल भएको थियो ।

एलानी जमिन र नागरिकता समेत नरहेको अवस्थामा राज्यले तत्काल सम्बोधान गर्न नसकिने अवस्थाले झनै पार्टीको अभियानलाई सार्थकता प्रदान गर्न थप जिम्मेवारी प्रदान गरेको अभियानका संयोजक मुक्तानले बताउनुभयो ।

कान्छी माया चेपाङ (निशा) लाई आज एक महिना भित्रै निर्माण कार्य सम्पन्न गरि घरको चावी हस्तान्तरण गर गारिएकोछ । २ कोठे पक्की ( ब्लक र जस्ताको छानो) भएको घर राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ ।

कार्यक्रममा वडा अध्यक्ष उत्तम वाईवा, पार्टिका केन्द्रिय स्तरका नेता देखि जिल्ला र पालिका स्तरका नेताहरु , निवर्तमान वडा अध्यक्ष बाबुलाल स्यान्ङ्तान , लगाएत अन्य ब्यक्तिहरुको आतित्यथा रहेको थियो ।

आफ्नो शरिरमा रहेको एक सरो कपडा बाहेक केही पनि नरहेको अवस्थामा बिपतको घडिमा बस्नलाई आवास र खाद्यान्न तथा अन्य सामाग्री सहयोग मिल्दा आफ्नो मुखबाट बोल्ने कुनै शब्द निस्कन नसकेको र उक्त गुनको सदैब ऋणी हुने भन्दै चेपाङले खुशिका आँसु बहाएका थिए । चेपाङको परिवारमा श्रीमान र एक छोरा गरि ३ जनाको परिवार सदस्य रहेकाछन्।

निर्माण कार्य सहयोग समितीले घरमा बिजुली बत्तीको लागि मिटर बक्स समेत खरिद गरिनेछ भने पछि जडान समेत गर्नेछ र सहयोग रकमको बाकी रहन गएको पैसा नगद ५ हजार ५ सय रुपैया समेत आजौ पिडित परिवारलाई प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.