मनहरी ४ का वडा अध्यक्ष थापा जस्ले गाउँका सयौं बिगाहा खेतीयोग्य जमिन संरक्षण गर्यो

मनहरी गाउँपालिका वडा नम्बर ४ का सयौं बिगाहा खेतीयोग्य जमिन पुर्णतः सुरक्षित भएकोछ । स्थानिय तह निर्वाचन २०७९ को निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिको रुपमा वडाले प्रकाश थापाको नेतृत्व पाएसङ्गै दशकौंदेखि खहरे/ खोलाको कटानमा परेका जमिन पुर्णतया सुरक्षित भएकोछ ।

बिक्रम सम्बत २०५० र २०६० सालको बाढिले बगरमा परिणत भएका सयौं बिगाहा जमिनले वडा अध्यक्ष थापाको नेतृत्वमा पुनः पहिलेको जस्तै खेतीयोग्य जमिनको रुपमा वडालाई स्थापित गराउने कार्य भएको हो । झण्डै २४० बिगाहा क्षेत्रफल बराबरको जमिन मात्रै संरक्षण भएको छैन , उनले खोलाको दुबै पट्टि सुरक्षित ड्याम सहित मोटरबाटो समेत बनाई गाउँका स्थानिय जनतालाई थप सहज बनाईदिएकोछ । ट्वाङ्रा खोला र मसिने खोला गरि दुई वटा खहरे खोलाले सदियौ देखि स्थानियलाई निक्कै सास्ती दिईदै आईरहेको थियो ।

वडा अध्यक्ष पद सम्हालेको ३ बर्ष पूरा हुँदै गर्दा चुनावको बेला जनतालाई दिएको बाचा पूरा गर्न सकेको प्रती आफुलाई गर्व लागेको वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो । झण्डै दुई खोलाको वारि पारी गरि दुबै तर्फ गरि १८ किलोमिटर ड्याम बाँध लगाईएको र वडामा रिङ रोडको परिकल्पना समेत गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । तटबन्धको कार्यको सुरुवाती क्रममा पुर्व वडा अध्यक्ष ध्रुव खड्काको योगदान तथा भुमिकालाई समेत भुल्न नहुने थापाले बताउनुभयो

वडा अध्यक्ष थापाको नेतृत्वमा बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका साथै २ वटा पक्की पुल निर्माण सम्पन्न, शिक्षा, स्वास्थ्य, खेलकुद , बाटो, सिन्चाई, बिजुली , खानेपानी लगाएत आय आर्जनमुलक तालिम ,बिउपुजि बितरण लगाएत अन्यय क्षेत्रमा उल्लेखनिय कार्य हुँदै आईरहेकोछ । यस्तै वडाको प्रशासनिक भवन र स्वास्थ्य केन्द्र निर्माणधिन अवस्थामा रहेकाछन्।

बिगतका दिनहरुमा खोलाले तहसनहस बनाएको आफ्ना खेतबारीहरु सुरक्षित ड्याम बने सङ्गै पहिलेको जस्तै उर्वर जमिनको रुपमा देख्न पाउँदा स्थानिय जनताले वडा अध्यक्ष थापालाई जननेताको उपमा दिने गर्दछ । पहिले कतै खोला बगिरहने ,ढुङ्गा र कास फुलेर खेत बारिमा अहिले कतै धान हरियो भएको , कतै मकै त कतै तरकारी खेतीले मनै लोभ्याउने भएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.