पूर्व जनमुक्ति सेना नेपाल कमाण्डरका छोरीको लोभलाग्दो पढाइ: भबिष्यमा पाईलट बन्ने सपना

दश बर्षे शशस्त्र जनयुद्धको मोर्चामा होमिएका मकवानपुरे पूर्व जनमुक्ति सेना नेपालका सेक्सन कमाण्डर प्रबिणका छोरीको पढाई लोभलाग्दो देखिएकोछ । मेधावी र अनुशासनमा अब्बल मेनुका थिङ आधारभूत तह कक्षा(८) को नतिजामा उत्कृष्ट ठहरिएकीहुन्।

मकवानपुरको बिकट कैलाश गाउँपालिका वडा नम्बर ८ पुर्ख्यौली घर हुँदै मनहरी गाउँपालिका ६ नम्बरका स्थायी बासिन्दा समेत रहेका पूर्व जनमुक्ति सेना कमाण्डरको परिवार हाल अस्थायी रुपमा झापाको बिर्तामोड १ मा घर भाडामा बस्दै आईरहेकाछन्। झापाकै मनकामना सेकेण्डरी स्कुलबाट कक्षा ८ को परिक्षा दिएकीथिईन्। मेनुकाले ४ जिपिएमा ३.८१ जिपिए सहित पास गरेकीहुन्। स्कुलको मेधावी बिधार्थीको रुपमा परिचित थिङ भबिष्यमा पाईलट बन्ने सपना रहेको बताउछिन्।

उत्कृष्ट नतिजा ल्याउन सफल मेनुकाको बिगत यस्तो थियो ।

उनले राष्ट्रिय माध्यामिक बिधालय मनहरी ६ सुनाचुरीमा कक्षा ४ सम्म सरकारी बिधालय अध्ययन गरेकीहुन्। सानै उमेर देखि तिक्ष्र्ण दिमाग र मेहेनती थिङले सदैब उत्कृष्ट अंक सहित पास हुने गर्दथिईन्।

उनको बाबा वैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहदा पारिवारिक बिचलन आएपछी उनको आमाले बिचैमा घरबाट परिवारलाई समेत थाहा नदिई बेपत्ता भएकी थिईन । नानी सहित उनको आमा घरबाट बेखबर भएको जानकारी पाउन साथ नेपाल फर्किएका थिङका बाबाले निरन्तरको प्रयास पछि हराएको झण्डै १ बर्ष पछि पश्चिम परासीको पहाडी क्षेत्रमा बेवारिसे अवस्थामा फेला पारी ल्याएका थिए । टिकटक मार्फत बेवारिसे अवस्थामा रहेको थिङ परिवारको पुनर्मिलन सम्भव भएको थियो ।

आफुलाई जन्मदिने आमाले परदेशमा कमाई गरि पठाईएको सम्पुर्ण सम्पती हातपारी अर्कै ब्यक्तीसङ्ग गएपछी कुनै बिचलन न आई उनका बुवाले झापामा लगि शिक्षा दीक्षा दिन शुरु गरिएको थियो। यहि बिचमा बालबच्चाको रेख देख गर्न एक पबित्र मन भएको जन्म दिने आमा नभएपनी कर्म दिने आमा प्राप्त गरिन र अहिलेको उनको सफलताको पछाडी उनकी दोश्रो आमाको निक्कै ठूलो भुमिका रहेकोछ भने अझै पनि उनका बुवा वैदेशिक रोजगारीको शिलशिलामै रहेकाछन्।

2 Comments

Comments are closed.

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.