आधारभूत तह कक्षा ८ को परीक्षामा ४ जिपिए सहित मेरि गोल्ड टाईनिटस बोर्डिङ स्कुलका हनोक मुक्तान मनहरी गाउँपालिका प्रथम भएकाछन्।
पालिकाद्वारा आज प्रकासन गरिएको कक्षा ८ को नतिजामा मुक्तानले मात्र ४ जिपिए ल्याउन सफल भएकाछन् ।
शैक्षिक शत्र २०८२ को कक्षा ८ को अन्तिम परिक्षामा मनहरी गाउँपालिका भित्रका सामुदायिक र निजि बिधालय गरि १८ वटा बिधालयका ७ सय ५५ जना सम्मीलित रहेका थिए । जसमा ५ सय ४३ जनाले ग्रेड प्राप्त गर्न सफल भएकाछन् ।त्यस्तै गरि मनहरी गाउँपालिका भरी ७२ प्रतिशत बिधार्थीहरुले ग्रेड प्राप्त गर्न सफल भएकाछन्। मेधावी बिधार्थीको रुपमा परिचित मुक्तान पढाईमा सदैब अब्बल रहने गरेको उनका शिक्षिका तथा बिधालयकी सहायक प्रधानाध्यापक सन्जु रिजाल अधिकारीले जानकारी दिनुभयो । साथै बिधालयबाट २४ जनाले परिक्षामा सहभागिता जनाएका मध्ये २४ जनानै पास भएका समेत जानकारी दिनुभयो ।

बिधालयको एभरेज ग्रेडमा पनि पालिकाको पहिलो स्थानमा रहन सफल भएकोछ । मेरि गोल्डले ३.७४ ल्याउन सफल भएकोछ । त्यस्तै गरि युनिभर्सल लर्निङ एकेडेमी,रेड एन्जल एकेडेमी,प्रजा माध्यामिक बिधालय र युनाईटेड ई. बोर्डिङ स्कुलले क्रमश : ३.६९, ३.३९, ३.३० र ३.०६ एभरेज ग्रेड सहित पालिकाको उत्कृष्ट शैक्षिक धरोहरको रुपमा प्रस्तुत गरेकाछन्।
Very nice keep it up
https://shorturl.fm/APdCi