हेटौंडा र मनहरीमा बालश्रम अनुगमनको क्रममा एक बालिकाको उद्दार गरि सिविन बाल हेल्पलाईन हेटौंडा पठाईएकोछ । श्रम तथा रोजगार कार्यालय, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका नेपाल प्रहरी, नगरप्रहरी र बाल हेल्पलाइन १०९८ को संयुक्त टोलीले हेटौंडा र मनहरीका विभिन्न स्थानमा चैत्र १७ गते बालश्रम अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा मनहरी गाउँपालिका वार्ड नम्बर ६ स्थित लोथर बजारका करिव १३ वटा होटलमा टोलीले अनुगमन तथा निरीक्षण गरिएको थियो । उक्त क्षेत्रमा अनुगमन गर्दा बालश्रम फेला नपरेको र ब्यवसायीहरु समेत सो विषयमा जानकार भएको साथै बालबालिकाहरुलाई श्रममा होइन शिक्षा पठाउनु पर्छ भन्ने विषयमा सचेत पाईएको बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्ध झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । साथै यदि बालश्रम लगायमा कानुनी दायरमा आउनु पर्ने विषयमा आफु जानकार रहेको बताए भने सोहि पालिकाको मनहरी ७ स्थित बजारमा ८ वटा होटलमा अनुगमन तथा निरक्षणको क्रममा ३ जना बालश्रमीक फेला परेकाथिए । बालश्रमीक फेला परेका होटलहरुमा जीवन होटलमा वर्ष ११ को बालिका, गुरुङ कोल्डस्टोरमा १५ वर्षको बालक, सुहिम होटलमा १३ वर्षिय बालक अनुगमन तथा निरिक्षणको क्रममा बालश्रम गरिरहेको अवस्थामा फेला पारिएको बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्ध झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
गुरुङ कोल्डस्टोरमा १५ वर्षको बालकको आमा पनि सोहि स्थानमा काम गर्ने र बालकले कक्षा ६ मा पढिरहेको र आमाले आइन्दा श्रममा नराख्ने प्रतिवद्धता गर्नुभएकोले बालक आमालाई जिम्मा लगाइयो, सुहिम होटलमा कार्यरत १३ वर्षिय बालकलाई भने तत्काल परिवारलाइ बोलाइ जिम्मा लगाउन र जीवन होटलमा कार्यरत वर्ष ११ को बालिकालाई उद्धार गरि कानुनी कारवाहि अगाडि बढाउन संरक्षणको लागि बालहेल्पलाइनमा पठाइएको श्रम तथा रोजगार कार्यालयको प्रतिनिधि सर्मिला राईले बताउनु भयो । सुहिम होटलमा कार्यरत १३ वर्षिय बालकको सन्दर्भमा कानुनी कारवाहिको लागि श्रम तथा रोजगार कार्यालयले सम्बन्धि ब्यवसायीलाई सम्पर्कमा ल्याउने प्रतिनिधि राईले जानकारी दिनुभयो । मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, बालकल्याण अधिकारी शैलेश बासकोट, नगर प्रहरी, नेपाल प्रहरी, बालहेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवाली, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि सर्मिला राईको संयुक्त टोलीले मनहरीमा अनुगमन गरिएको थियो ।
मनहरी बजारमा जम्मा ३ जना बालश्रमिक र लोथर बजारमा एक जना पनि बालश्रमिक नभेटिनु निकै सकरात्मक कुरा भएको बताउनु हुदै उपाध्यक्ष सीतापुलामी मगरले मनहरीमा बालश्रमको विगतका तुलनामा बालश्रम निकै कम भएको बताउनुभयो ।
त्यसैगरि बालश्रम अनुगमनका क्रममा श्रम तथा रोजगार कार्यालयका प्रमुख रुद्र नारायण शाह, हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखाबाट निर्मला दाहाल, बालहेल्पलाइनबाट झबिन्द्र ज्ञवालीको संयुक्त टोलीले सोही दिन हेटौंडा उपमहानगरपालिकाको वार्ड न १० का ग्यारेज तथा फर्निचर पसलहरुमा अनुगमन गरिएको थियो ।अनुगमनको क्रममा बालश्रमिकहरु फेला नपरेको श्रम तथा रोजगार कार्यालयका प्रमुख रुद्र नारायण शाहले जानकारी दिनुभयो ।