मनहरीले ९ वटै वडामा बिपद ब्यबस्थापन तथा उद्दारको लागि स्वयंसेवक समूह गठन गर्ने

मनहरी गाउँपालिकाले पालिकाको ९ वटै वडामा बिपद ब्यवस्थापन तथा उद्दारको लागि स्वयंसेवक समूह गर्ने भएकोछ । चैत्र ६ गते शुक्रबार बिहान बिपद ब्यवस्थापन समिती र विभिन्न राजनैतिक दल सहितको बैठकमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा बसि बैठकले यस्तो निर्णय गरेको हो ।

स्वयंसेवक समूह गठनसङ्गै परिचालनको लागि बिधान निर्माण र सुख्खा याममा बन जङ्गलमा हुने डढेलो नियन्त्रणको लागि डिभिजन वन , मध्यवर्ती सा.व . उ . सव डिभिजन र सामुदायिक वन लगाएतका सरोकारवालाहरुसङ्ग बन डढेलोबाट हुने सम्भावित क्षती न्युनिकरणको लागि आवश्यक समन्वय र सहजिकरणको लागि कार्यशाला तत्कालै पत्रचार गर्ने निर्णय गरिएकोछ ।

नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त परिपत्र मार्फत बिपद ब्यबस्थापन तथा उद्दारका लागि स्वयंसेवक गठन गर्नुपर्ने भएकोले सोही अनुसार पालिकाले समूह गठन गर्न लागिएको हो ।

प्रत्येक वडाबाट ५ जना रहने गरि सुरक्षा निकाय , रेडक्रस र स्काउट सहितको संलग्नता रहने गरि बिपद ब्यबस्थापनको लागि पालिकामा ४५ जनाको समूह बन्नेछ। पालिकाले आफ्नै पहलमा शव बहान र वारुद यन्त्र खरिदको तयारीमा रहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.