राक्सिराङ्ग ७ ले पालिकामै पहिलो पटक किवी खेतीको तयारी स्वरुप तालिम तथा बिरुवा हस्तान्तरण

आर्थिक बर्ष २०८२/०८३ अन्तर्गतको बजेट कार्यान्वयन तर्फ किवी खेती सम्बन्धि तालिम सहित किवीको बिरुवा हस्तान्तरण गरिएको हो ।

झण्डै १३०० मिटर भन्दा अग्लो उचाई रहेको राक्सिराङ्ग ७ को जुरेथुम क्षेत्रमा कृषि ज्ञान केन्द्र भण्डारा चितवनसङ्गको समन्वयमा किवी खेती सम्बन्धि ५ दिने तालिम सहित पौष ४ गते बिरुवा समेत हस्तान्तरण गरिएको हो ।

स्थानिय महिलाहरुलाई आर्थिकोपार्जन तर्फ अगाडि बढाउनको लागि भन्दै वडाले सिलिङ्ग बजेट २ लाखको कार्यक्रम छुट्टयाइएको । तालिममा सहभागी २० जना महिलाहरुलाई भाले/ पोथी मिलाएर १०/१० वटा बिरुवा हस्तान्तरण गरिएको वडा अध्यक्ष राम बहादुर प्रजाले जानकारी दिनुभयो ।

साथै राक्सिराङ्गमा आफ्नो वडा किवीको सम्भावना रहेको भन्दै यस्को लागी स्थानिय सरकारले किवी खेतीको प्रयास स्वरुप उक्त कार्यक्रम ल्याईएको बताउनुभयो र राक्सिराङ्गमै पहिलो प्रयास आफ्नो वडाले गरेको दावी समेत गर्नुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.