मनहरी पास्टर एसोसिएसनको आयोजनामा मनहरीमा एक विशेष आत्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका सभाध्यक्ष मनहरी पास्टर एसोसिएसनका अध्यक्ष पास्टर नागेन्द्र मुक्तान रहनुभएको थियो।
कार्यक्रमका प्रमुख वक्ता पास्टर कुमार सिंह प्रजा (क्यापिटल मिनिस्ट्रीजका एशिया निर्देशक) रहनुभएको थियो। उहाँले
“प्रभु येशू किन जन्मनुभयो?” र
“वास्तविक क्रिसमस कसरी मनाउने?” भन्ने विषयमा आधारित भएर प्रभावशाली र आत्मिक प्रवचन दिनुभएको थियो। उहाँले क्रिसमस केवल पर्व मात्र नभई, येशू ख्रीष्टलाई हृदयमा ग्रहण गर्नु नै वास्तविक क्रिसमस भएको कुरामा जोड दिनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पास्टर छवि लाल मुक्तान, पास्टर महिपाल प्रजा, पास्टर सुनिल मुक्तान तथा पास्टर बाबुराम थिङको उपस्थिति रहेको थियो। सबै अतिथिहरूले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन पास्टर मिन बहादुर तामाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य सौल प्रजाले दिनुभएको थियो।
कार्यक्रममा करिब १५० जना पास्टर तथा सेवकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम आत्मिक रूपमा अत्यन्तै आशीषपूर्ण र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।