मनहरी गाउँपालिका वडा नम्बर ६ को एक मात्र माध्यामिक बिधालयको रुपमा रहेको राष्ट्रिय माध्यामिक बिधालय सुनाचुरीलाई सुनाचुरी सामुदायिक बन उपभोक्ता समूह मनहरी ६ ले दश लाख रुपैयाँ हस्तान्तरण गरिएकोछ ।
डिभिजन वन कार्यालय राप्ती मनहरी , मकवानपुरका कार्यालय प्रमुख (डिएफओ ) हेम बहादुर थापाको उपस्थितिमा उक्त रकम बिधालयका समिती अध्यक्ष शिवलाल मुक्तान तथा प्रधानाध्यापक सुवास श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । यो सङ्गै वन समुहले अघिल्लो पटक र यस पटक गरि जम्मा २० लाख रकम बिधालयलाई हस्तान्तरण गरिएकोछ ।

रकम हस्तान्तरण सङ्गै मन्तव्य दिने क्रममा प्रमुख अतिथी डिएफओ थापाले भोलिको दिनमा सभ्य नागरिक उत्पादनमा यो रकम सदुपयोग हुने बिश्वास गर्नुभयो ।
यस्तै बिशिष्ट अतिथी एबम मनहरी ६ नम्बर वडाका अध्यक्ष युवराज थपलियाले वन समुहले स्थानिय सरकारसङ्ग समन्वय गर्दै सामाजिक कार्यमा सहयोगीको भुमिका खेलेको भन्दै प्रसंशा गर्नुभयो ।
मनहरी सब डिभिजन वन कार्यालयका प्रमुख डटेन्द्र गोलेले सामुदायिक वनले बन संरक्षणको साथ साथै सामाजिक क्षेत्रमा मसिनो ढङ्गले लगानी गरेको भन्दै आगामी दिनको लागि थप शुभकामना दिनुभयो । शिक्षा,स्वास्थ,स्वच्छ खानेपानी,रोजगार लगाएतका क्षेत्रमा भएको लगानीले पक्कै पनि सकारात्मक नतिजा ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
६ सय ९५ जना बिद्यार्थी अध्ययनरत उक्त बिधालयमा बिधालयको शैक्षिक स्तरमा सुधार ल्याउनको लागि हाम्रै नानी बाबु पढ्ने बिधालयलाई शशक्त बनाउनको लागि शैक्षिक क्षेत्रमा सहयोग गरिएको वन समुहका सचिव रमेश कार्कीले बताउनु भयो ।
सोही कार्यक्रममा बिधालय अक्षयकोष हस्तान्तरण सङ्गै बिपन्न परिवारलाई खाट बितरण अन्तर्गत ४२ परिवारलाई ४५ वटा खाट बितरण गरिएको थियो । यस्तै वडामा गठित आमा समुहलाई ब्यबस्थापनको लागि ५० हजार रुपैयाँ , बृहत जोगिताल खानेपानीलाई २ लाख रुपैयाँ , जागृती दुग्ध उत्पादक सहकारीलाई गाईको बाछी बितरणका लागि एक लाख रुपैयाँ ,बिपन्न परिवारलाई सिलाई मेसिन बितरण कार्यक्रम समावेस गरिएको थियो ।
२०६३ सालमा स्थापना भएको वन समुहमा ६२० जना वन उपभोक्ता सदस्यहरु आवद्ध रहेकाछन । रकम हस्तान्तरण र सामाग्री बितरण कार्यक्रमको सभाध्यक्षता वन समूहकी अध्यक्ष पार्वती मुक्तानले गर्नुभएको थियो । यस्तै कार्यक्रमको सहजीकरण समूहका सचिव रमेश कार्कीले गर्नुभएको थियो ।