मोबाईल व्यावसायीहरुको छाता संगठन मोबाईल एसोसिएसन नेपाल मकवानपुर पश्चिम क्षेत्र समिती मनहरीको ८ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन मंसिर २७ गते शनिवार सम्पन्न भएकोछ । अधिवेशनबाट पुर्व महासचिव तथा आर एम मोबाईल सेन्टर मनहरीका सन्चालक रुद्र मुक्तान नयाँ नेतृत्वको लागि चयन हुनुभएको हो ।
मनहरी बजारमा सम्पन्न उक्त अधिवेशनबाट नयाँ कार्यसमितिमा सौगात श्रेष्ठ वरिष्ठ उपाध्यक्ष ,एनिश कर्मचार्य उपाध्यक्ष ,बिरु लामा महासचिव ,सुबास भट्ट सचिव,निरोज रिमाल कोषाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । यस्तै गरि नयाँ कार्यसमितिको सदस्यहरुमा क्रमशः पुजन श्रेष्ठ ,ईसाक प्रजा,रोशन श्रेष्ठ चयन हुनुभएकोछ । अधिवेशनबाटै समितिका पुर्व अध्यक्षहरु हिम शिखर ब्लोन ,पुष्कर श्रेष्ठ र कृष्ण राम श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरिएकोछ ।
२ बर्ष कार्यकालको लागि पद सम्हालेका अध्यक्ष मुक्तानले ब्यबसायीहरुको हक, हित र अधिकारका लागि आफ्नो टिम लागि पर्ने र बिगदका दिनमा झै गर्दै आईरहेको परोपकारी कार्य आफ्नो कार्यकालमा पनि निरन्तर हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मोबाईल ब्याबसायीहरुले बर्षको एक पटक बिपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई बिधालयमै गएर स्टेशनरीका सामाग्री बितरण गर्दै आईरहेकोछ ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीका सभापती गणेश मान मानन्धरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा म्यान मकवानपुर अध्यक्ष हरि प्रसाद न्यौपानेको बिशिष्ट आतिथ्यता रहेको थियो ।
यस्तै म्यानका सस्थापक अध्यक्ष चन्द्रमणी पाठक,म्यान मकवानपुर महासचिव मिलन स्याङ्तान,कपडा तथा तयारी पोसाक ब्याबसायी संघ मनहरीका अध्यक्ष गोबिन्द अधिकारी,होटल ब्याबसायी संघ मनहरीका सचिव लक्ष्मण गिरि,किराना ब्याबसायी संघ मनहरी सचिव मिरा मल्ल,म्यान मकवानपुर जिल्ला सदस्य निरज रिमाल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम निवर्तमान अध्यक्ष हिम शिखर ब्लोनको सभाध्यक्षतामा सम्पन्न भएको थियो।