टुकीद्वारा मनहरीमा विभिन्न वडाहरुमा भूमि तथा आवास साक्षरता कार्यक्रम सम्पन्न

मेट लााईफ फाउण्डेशन तथा निवाससगँको सहकार्य मार्फत भूमी तथा आवास सम्बन्धी साक्षरता प्रशिक्षण कार्यक्रम मेटलाइफ र निवासको सहयोगमा २०८२ असार २० देखि २२ गतेसम्म मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका विभिन्न वडाहरूमा भूमि तथा आवास साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएकोछ ।


भूमि अधिकार, आवास, तथा सबैका लागि समान पहुँचसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्ने, शैक्षिक अवसर प्रदान गर्ने तथा खुला संवादको वातावरण सिर्जना गर्ने जस्ता उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो। गाउँपालिकाका प्रतिनिधिहरु, न्याय समितिका प्रतिनिधिहरु, वडा अध्यक्ष तथा सदस्यहरु एबम सक्रिय स्थानिय महिलाहरुको सहभागिता रहेको कार्यक्रममा १३५ जनाको उपस्थिति रहेको थियो ।

उक्त छलफल कार्यक्रममा वडामा भूमी तथा आवास सम्बन्धी अधिकार, भूमी तथा भू – सम्बन्ध सम्बन्धी जानकारी, भूमी सम्बन्धी संस्थागत व्यवस्था तथा उपलब्ध सेवाहरु, जग्गा दर्ता सम्बन्धि ऐन, जग्गा नाप(जाँच प्रक्रिया) भूमिमा महिलाको अधिकार हकहरु लगायतका विषयवस्तुहरु समेटि कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रमको क्रममा सहभागीहरूले आफ्नो भूमि सम्बन्धी कठिनाईहरु,व्यक्तिगत अनुभवहरू साझा गरेका थिए।सडक विस्तारका कारण घर वा जमिनगुमाएका व्यक्तिहरूले आफ्नो चिन्ता र भोगेका समस्याहरू स्पष्ट रूपमा व्यक्त गरेका थिए। धेरै सहभागीहरूले सार्वजनिक प्रयोजनका लागि भूमि अधिग्रहण गर्दा न्यायोचित क्षतिपूर्ति प्राप्त गर्नुको महत्वमा जोड दिएका थिए।

केही व्यक्तिहरू दशकौँदेखि प्रयोग गरिरहेको भूमिको स्वामित्व प्राप्त गर्न अझै संघर्षरत रहेको बताएका थिए। केही सहभागीहरू वन विभागद्वारा बफर जोनमा बसोबास सम्बन्धी बनाइएका कडा नियमहरूबाट पीडित रहेको उल्लेख गरेका थिए, जसले वन्यजन्तुबाट कृषि तथा बासस्थानमा भएको क्षतिको उचित मूल्यांकन नगरेको गुनासो गरेका थिए।

भूमि नापजाँचसँग सम्बन्धित धेरै विद्यमान समस्याहरू पनि उठाइएको थियो। विशेषतः बफर जोनमा पर्ने भूमिको प्रारम्भिक नापजाँच भए पनि पछि सरकारले प्रतिबन्ध लगाएको विषयमा प्रश्न उठाइएको थिए । भूमि तथा आवास साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएपछि सहभागीहरूले विभिन्न सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।कार्यक्रमले प्रदान गरेको ज्ञान, स्पष्टता, तथा व्यवहारिक जानकारीप्रति आभार प्रकट गरेका थिए। “सम्बन्धित सबै अस्पष्ट बुँदाहरू स्पष्ट रूपमा बुझ्ने अवसर मिलेको र लालपुर्जा, भूमि तथा ऐलानी जग्गासँग सम्बन्धित प्रक्रिया र त्यसबाट लाभ उठाउने तरिकाबारे बुझ्न पाईएको साथै केही शब्दहरू जुन सधैं सुन्दै र प्रयोग गर्दै आएको तर ती शब्दहरूको वास्तविक अर्थ थाहा नभएको अवस्थमा कार्यक्रममा सहभागी जनाईएपस्चात ती विषयमा आधारभूत ज्ञान प्राप्त भएको कार्यक्रममा सहभागी भएकाहरुले प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.