जर्मनी दम्पती आन्या र ब्यान्डले बिकट धिराङ्गमा बनाईदिए सुबिधा सम्पन्न स्कुल

राक्सिराङ्ग गाउँपालिकाकै सबैभन्दा बिकट मानिने राक्सिराङ्ग ७ नम्बर वडाको धिराङ्गमा सुबिधा सम्पन्न स्कुल निर्माण भएकोछ । लिसा हिमालया ईभी जर्मनी र दिगो बिकासका लागि एकता नेपालको समन्वय जर्मनी नागरीक आन्या र ब्यान्डको आर्थिक सहयोगमा ११ कोठे भवन र सौचालय निर्माण सम्पन्न भएको हो ।

गृह आर्किटेक एण्ड विल्डर्स प्रा. ली. भरतपुर चितवनले ३ करोड १५ लाखमा ठेक्का पारी निर्माण सम्पन्न गरेको थियो । उक्त बिधालय सङ्गै जर्मनी दम्पती आन्या र ब्यान्डले ७ नम्बर वडाको दाम्राङ्ग आधारभुत बिधालयको तीन कोठे भवन र प्रजा कल्याण आधारभुत बिधालय राक्सिराङ्ग ६ बाङ्रग्राङ्गमा ५ कोठे भवन यस अघि नै निर्माण गरि समुदायलाई हस्तान्तरण गरिसकेकोछ ।

आन्या जर्मनीका स्टाफ नर्स हुन भने उनका श्रीमान ब्यान्ड जर्मनीकै आईटी ईन्जिनियर हुन्। नवनिर्मित बिधालय कात्तिक १४ गते शुक्रबार दातृ सस्थाका प्रतिनिधिसङ्गै दर्के झरीमा रुझ्दै पुगेका उनिहरुलाई निबर्तमान भौतिक बिकास राज्यमन्त्री एबम बागमति प्रदेश सभा सदस्य सन्त बहादुर प्रजा सहित अन्य स्थनिय बासिन्दा र बिद्यार्थीहरुले फुलमाला सहित झाँकीद्वारा स्वागत गरेका थिए ।

बिधालय निर्माणमा आर्थिक सहयोग गरेका जर्मनी नागरीक ब्यान्डले गाउँ – बस्तिका बालबालिका स्कुल गएको मन पर्ने प्रतिक्रिया दिए । साथै २०७२ सालको भुकम्प पस्चात लगातार १० बर्ष पछिको मेहेनतमा स्कुलको भवन बनाउन सफल भएको भन्दै सहजीकरण गर्ने संस्था, स्थानिय समुदाय र निर्माण कम्पनीलाई धन्यवाद समेत दिए ।

निरन्तरको प्रयास र सबै पक्षको तदारुकताको कारण निर्माण शुरु भएको एक बर्ष भित्रै निर्माण कार्य सम्पन्न भएकोले सबै पक्षलाई धन्यवाद भन्दै निबर्तमान भौतिक बिकास राज्य मन्त्री तथा बागमती प्रदेस सभा सदस्य सन्त बहादुर चेपाङले बिगदमा पढाउने शिक्षक नहुदा आफैले समेत अध्यापन गराएको स्मरण गराउनुभयो ।सुरक्षित एबम प्रयाप्त कक्षा कोठाको उपलब्धता भए पस्चात गाउँमै आधारभुत शिक्षा प्राप्त गर्न सहज हुने बताउनुभयो ।

यस्तै लिसा हिमालया ई . भि. का प्रोग्राम डाईरेक्टर अन्जन प्रसाद पौडेलले स्थानिय समुदाय र सरोकारवालाको सहयोगमा बिधालय निर्माणमा सफलता पाएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र जिविकोपार्जनसङ्ग सम्बन्धीत रहेर दिगो बिकासका लागी एकता नेपालले सन २०११ देखि साबिकको काँकडा गाबिस र हालको राक्सिराङ्ग गाउँपालिकाको वडाहरु ६,७ र ८ मा परियोजना सन्चालन गर्दै आईरहेकोछ । राक्सिराङ्ग गाउँपालिकाका तीन वटा वडाहरुका १६ वटा बिधालय र समुदायमा रहेका ६ वटा बाल बिकास केन्द्रमा अध्ययन गर्ने बिधार्थिहरुको लागि आवास, शैक्षिक जनशक्ति,न्यानो कपडा, दिवा खाजा उपलब्ध गराउदै आईरहेकोछ । ६ वटा बालबिकास केन्द्र र १६ वटा बिधालयमा अध्ययनरत २,४६३ जना बिधार्थीहरु अध्ययन गर्दै आईरहेकाछन्।

यस्तै उच्छ शिक्षा हासिल गर्नको लागि छात्रवृत्ति,बिपन्न समुदायको निशुल्क उपचार देखि स्वास्थ्य सचेतना, आय आर्जन मुलक सीप, बीउ पुँजी हस्तान्तरण जस्ता कार्यक्रम संचालम गर्दै आईरहेकोछ। संस्थाले बिद्यार्थीहरुको लागि यस बर्षको जाडो मौसम सुरु भएसङ्गै सबै बिद्यार्थीलाई न्यानो लुगा बितरण समेत सम्पन्न भएको दिगो बिकासका लागि एकता नेपालका परियोजना ब्यावस्थापक अनिल पौडेल ले जानकारि गराऊनु भयो।

बिधालय हस्तान्तरण कार्यक्रममा आईपुगेका सहयोगी दातालाई बिधालय परिवारले ढाका टोपी , हलो जुवा र बासबाट बनेको फुर्लुङ्ग र नाङ्गो उपहार प्रदान गरिएकोथियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.