सशक्तीकरण समाज नेपालले नेपाली समाजमा बचतको बानी बसाल्दै गएकोछ । संस्थाले नागरिक आत्मनिर्भर परियोजना नेपाल कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका ८ सहित ५३ वटा समूह निर्माण गरि बचत गर्ने बानीको बिकास गराईएको परियोजनाका नेपाल कन्ट्री डाईरेक्टर कुमार प्रजाले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाको मनहरी ७ मा कार्यालयनै खोली देशका पाँच वटा प्रदेशहरु कर्णाली, सुदुर पश्चिम , गण्डकी , लुम्बिनी र बागमती प्रदेशमा संस्थाले उक्त परियोजना बिगत एक बर्ष देखि सन्चालन गर्दै आईरहेको संस्थाको वार्षिक साधारण सभा मार्फत उक्त जानकारी गराईएकोहो ।
ओपन ह्याण्ड्स नामक बिदेसी संस्थाको आर्थिक सहयोगमा उक्त संस्थाले नेपाली समाजलाई बचत गर्ने बानीको बिकास गर्न बचत शिक्षा , जिविकोपार्जन लगाएतका क्षेत्रमा काम गर्दै आईरहेको संस्थाले जानकारी दिएको हो । मनहरी ७ स्थित निलम होटलको सभाहलमा भएको साधारण सभामा एक वर्ष भित्र भएका संस्थाको गतिबिधीहरुको बारेमा जानकारी गराईएको थियो । साथै भावी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
संस्थाका सचिव बहादुर सिङ प्रजाद्वारा प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो । वर्ष २०२४ मा कार्यालय ब्यबस्थापन र जनशक्ति परिचालन अन्तर्गत दातृ संस्थाबाट प्राप्त रकम ७ लाख २४ हजार र पाँच सय रुपैया सबैनै खर्च भएको समेत प्रतिबेदनमा उल्लेख गरिएको थियो । प्रतिबेदनमा कार्यालय संचालनको लागि फर्निचर खरिद, कार्यालयको भाडा र कर्मचारी तलब गरी विभिन्न शिर्षकमा खर्च गरिएको उल्लेख छ ।
संस्थाले सामाजिक परिवर्तन र समुदायको बिकासको निम्ति निरन्तर कृयाशिल रहने,राष्ट्रिय बिकासको प्रवाहमा संलग्न भई बिबिध सामाजिक कार्य गर्ने,सामाजिक हितका लागि काम गर्ने,पर्यटन प्रवर्द्धन संगसङ्गै सुचना तथा संचारको क्षेत्रमा समेत काम गर्ने उद्देश्यले लिई कार्य गर्दै आईरहेकोछ ।
भिमसेन महतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महतले बचतले नै भावी दिनको सन्कट टार्न सकिने भन्दै संस्थाको कार्यक्रमले निरन्तरता पाउनेमा बिश्वास ब्यक्त गर्नुभयो । यस्तै दातृनिकायका प्रतिनिधि डेल्भिन जिम्भेनमीनले पैसा कुनै ब्यक्ती सङ्ग हुँदा भन्दा समुहमा हुँदा त्यसले बढी महत्व दिने भन्दै एकलमा भन्दा सामुहिकतामा बढी बल हिने भन्दै कुनै प्रकारको आपत र समस्यालाई सामुहिकतालेनै परास्त गर्ने भएकोले भोलिको समस्यासंग जुध्न आज बचतको बानी बसाल्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष रामकृष्ण प्रजा , युवा समाजसेवी भिमसेन लामा , नेपाल चेपाङ संघ जिल्ला कार्यकारिणी समिती मकवानपुरका सह सचिव अभि राना प्रजा,जिल्ला कोषाध्यक्ष भक्त बहादुर प्रजा लगाएतकाको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष एकराज प्रजाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण रबिन कुमार प्रजाले गर्नुभएको थियो ।
https://shorturl.fm/yfHHl