मिजार समाज नेपाल मनहरीको प्रथम भेला सम्पन्न अध्यक्षमा संगीता मालबुले सर्वसम्मत

मिजार समाज नेपाल मनहरीको प्रथम भेलाले संगीता मालबुलेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकोछ ।मनहरी गाउँपालिका–९,रजैयास्थित अग्निहोत्रा आश्रममा असोज ११ गते अर्थात आज शनिबार “मिजार समाज नेपाल, मनहरी गाउँपालिका”को प्रथम भेला भव्यतापूर्वक सम्पन्न भएको हो ।

भेलाको सभाध्यक्षता मिजार समाज मकवानपुर जिल्ला सचिव वीर बहादुर मिजारले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष सुरेश ‘बेरोजगार’ मिजार प्रमुख अतिथिका रुपमा रहनुभएको थियो ।यस्तै विशेष अतिथिहरूमा जिल्ला महिला उपाध्यक्ष चमेली मिजार, जिल्ला कोषाध्यक्ष संगीता दवाडी (मिजार), जिल्ला सदस्य सिमा मिजार, साथै समाजसेवी एवं पूर्व महिला जनप्रतिनिधि इन्द्रकुमारी मिजारको आतिथ्यता रहेको थियो।

भेलाले मिजार समाजलाई अझ सशक्त, संगठित र एकताबद्ध बनाउन १३ सदस्यीय कार्यसमिति गठन गरिएकोछ । नवगठित समितिको अध्यक्षमा संगिता मालबुले (मिजार) सङ्गै वरिष्ठ उपाध्यक्षमा राजु मिजार, महिला उपाध्यक्षमा काली मिजार, सचिवमा अस्मिना मिजार, सह–सचिवमा शान्ता मिजार, कोषाध्यक्षमा राममाया नेपाली (मिजार) चयन भएकाछन ।
सदस्यहरूमा कृष्णबहादुर बिसुन्के (मिजार), अनु मिजार, कमला मग्राती (मिजार), सोमबहादुर बिसुन्के (मिजार), जुना मिजार, सानू (मनिता) मिजार, र मुसे मिजार रहेकाछन।

भेलामा ७० जना भन्दा मिजार समुदायका उपस्थित रहेको थियो ।
मनहरी गाउँपालिकामा मिजार समुदायको संख्या २२५ को हाराहारी रहेको मिजार समाज मकवानपुर जिल्ला सह सचिव प्रकाश मिजारले जानकारी दिनुभयो । सहभागीहरूले मिजार समाजको ऐतिहासिक पृष्ठभूमि, सामाजिक योगदान, हक–अधिकार र भविष्यमा अघि बढ्ने मार्गचित्रबारे आ–आफ्ना धारणा राख्दै समाजलाई संस्थागत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

यसप्रकारको भेलाले मिजार समुदायको पहिचान संरक्षण, सांस्कृतिक परम्परा जगेर्ना, सामाजिक एकता र आगामी पुस्तामा सकारात्मक सन्देश दिने ऐतिहासिक कदमका रूपमा लिईने समुदायका अगुवाहरुले बिश्वास ब्यक्त गरेकाथिए ।
कार्यक्रमको सहजीकरण मिजार समाज मकवानपुरका जिल्ला सह–सचिव प्रकाश मिजारले गर्नुभएको थियो।

1 Comment

Comments are closed.

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.