दशैको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न बिजय डटेन्द्रको जोडि प्रथम

बिजया दशमी २०८२ को अवसरमा मनहरी गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता समन्न भएकोछ ।

मनहरी ७ रमनटार स्थित रबिन स्मृति कभर्डहलमा आयोजित प्रतियोगितामा १० वटा स्थानिय टिमले सहभागिता जनाएको थियो । प्रतियोगितामा बिजय अधिकारी र डटेन्द्र गोले को जोडि प्रथम हुँदै नगद रु ३ हजार रुपैयाँ समेत हात पार्यो । उनिहरुको जोडिले रिग्जेन पेमा मुक्तान र अस्विन श्रेष्ठको जोडिलाई हराउदै प्रथम हुन सफल भए भने मुक्तान र श्रेष्ठको जोडिले दोश्रो स्थान प्राप्त गर्दै नगद रु दुई हजार रुपैयाँ हात पारे ।

रबिन स्मृती कभर्डहल ब्यबस्थापन समितिको आयोजनामा हिन्दु नेपालीहरुको महान चाड बडा दशैको उपलक्ष्यमा शुभकामना आदन प्रदान सहितको कार्यक्रममा खेल सम्पन्न सङ्गै सामुहिक पिकनिक कार्यक्रम समेत गरिएको समितिका अध्यक्ष गुणराज घलानले जानकारी दिनुभयो । यस्तै प्रतियोगीहरुबाट ईन्ट्री फी स्वरुप नगद १ हजारका दरले उठाईएको र सो बापत खेल जर्सी निशुल्क उपलब्ध गराईएको समेत घलानले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई समितिका अध्यक्ष घलानले नगद , खादा र अबिर टीका लगाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.