मनहरीका बिधालय आजदेखी खुल्ने निजि बिधालयद्वारा शनिबार पनि कक्षा सन्चालन गर्ने

जेन जी समुहको आन्दोलन र त्यसबाट सिर्जित असहज परिस्थिति सामान्य भएसङ्गै मनहरी गाउँपालिकाका बिधालयहरुले आज आईतबार देखि कक्षा सन्चालन गर्न लागिएको शिक्षा शाखा मनहरीका प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

भदै २३ र २४ गतेको अप्रत्याशित आन्दोलन र त्यसबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै देश भरका बिधालय बन्द भएका थिए ।

भदौ २३ गते निस्किएको जेन जी समुहको भ्रष्टाचार र बेथिति बिरुद्धको आन्दोलनमा राज्य दमन र आन्दोलनकारीहरुको हत्या पस्चात आन्दोलनले उग्ररूप लिएको थियो। देशको अवस्था सामान्य लयमा फर्के सङ्गै बिधालयहरु सुचारु हुन थालेको हो । मनहरीका ३२ वटा सामुदायिक बिधालय र ८ वटा संस्थागत बिधालय पनि आजबाट सुचारु हुन लागेको हो ।

आन्दोलनकारी समुहले भदौ २३ गते मनहरी गाउँपालिकाको लामिटार शाखाको अधिकांश कार्यालय जलाईदिएका थिए । सोही शाखा अन्तर्गत रहेको शिक्षा शाखा पनि जलेर नष्ट भएको शिक्षा शाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो । पराजुलिले बिधालयलाई औपचारिक रुपमा पत्र पठाउन नपाईएको समेत बताउनुभयो ।

यता प्याब्सन मनहरीले पनि निजि बिधालय खोल्ने निर्णय गरेको प्याब्सन मनहरीका अध्यक्ष यदुनाथ श्रेष्ठले जानकारी दिनुभयो । शनिबार समेत कक्षा संचालन र दोश्रो त्रैमासिक परीक्षा केही दिन पछि सारिएको बताउनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.