जनताबाट चुनिएर जनप्रतिनिधि बनिसकेपछी जनताको काममा सदैब बफादार बन्नु पर्दछ । त्यसको गतिलो उदाहरण हो राजकुमार पाख्रिन ।
मनहरी गाउँपालिका वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि पाख्रिन यति खेर जनताको घर आगनमै पुगेर वडाबाट प्रवाह हुने सम्पुर्ण सेवा सहित जनप्रतिनिधि ,वडा सचिव फ अन्य कर्मचारी सहितको टोलि वडाको टोल- टोलमा पुग्नु भएको हो ।
वडा अध्यक्ष पाख्रिनको टोलिले सिविर मार्फत सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा घटना दर्ता,कृषि ,पशु तथा स्वास्थ्य लगाएत वडा कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएको हो ।
अशक्त र कामको चापले वडासम्म पनि पुग्न नसक्ने जनताको लागि केही समय निकालेरै भएपनी आफुहरु जनताको घर आगनमा पुगेको वडा अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।
भाद्र १८ गते देखि २३ गते सम्म शिविर सन्चालनको तालिका नै निकालेर वडा सरकार जनताको घर घरमा पुगेका पाख्रिनको टोलिले ५ दिन भित्रमा वडाका जनतालाई सेवा प्रवाह गर्ने लक्ष्य लिईएकोछ ।
बिहान ६:३० बजे देखि बेलुकी ५ बजे सम्म जनतालाई सेवा दिईरहेको वडा अध्यक्ष पाख्रिनको टोलिले आज दोश्रो दिनसम्ममा ८६ जनालाई सेवा प्रदान गरिएको वडा सचिव साजन लामाले जानकारी दिनुभयो ।
वडाले पहिलो दिन भाद्र १८ गते तीनतले झुल्यान टोल बिकास संस्था अन्तर्गत सहकारी भवन झुल्यान र आज मेन्दो टोल बिकास संस्था अन्तर्गत सत्सङ भवन दोभानमा शिविर सम्पन्न गरिसकेकोछ । यस्तै उज्वल टोल बिकास संस्थाको ट्यान्की दमार , भुन्द्रुङ टोल बिकास संस्थाको कर्म चोक र च्यापल देवि टोल बिकास संस्थाको गुम्बा खोल्सी च्यापलमा क्रमशः भाद्र २०,२२ र २३ गते शिविर राखिएको वडा अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।
https://shorturl.fm/9Cndl
जहाँ माओवादी बाट निर्वाचित जनप्रतिनिधि त्यहाँ राम्रो गतिविधि
https://shorturl.fm/NmCrf
https://shorturl.fm/PF5hd