खोरिया संरक्षणको लागि गठित कबुलियत वन समूह उत्कृष्ट बन्दा खुशिले दङ्ग मधुमाया

आफ्नै गाउँ बस्तीमा रहेको खोरिया संरक्षणको लागि भन्दै निर्माण गरिएको कबुलियत वन उत्कृष्ट हुँदै नगद सहित सम्मानपत्र प्राप्त गरे पछि
हुजुरुम कबुलियत वनका अध्यक्ष मधु माया प्रजा खुशिले दङ्ग देखिएकोछ । २६१ वटा कबुलियत वन समूह मध्ये उत्कृष्ट हुँदै तेश्रो बनेको हुजुरुमले नगद १० हजार रुपैया सहित सम्मानपत्र प्राप्त गरेको हो ।

बि.स. २०७७ सालमा ७ जनाको समूह बनाई राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ मा खोरिया संरक्षण गर्न भन्दै कबुलियत वन समूह दर्ता गराएका मधु मायाको टिमले ५ बर्षको छोटो अवधिमा खोरिया संरक्षण मात्र नभई वन जङ्गल जोगाई उत्कृष्ट हुँदै पुरस्कृत हुन पुगेकोछ ।

हुजुरुम कबुलियत वन समूहले वन जङ्गल संरक्षण र सम्बर्द्धन सङसङै मासिक बचत गर्दै टिमलाई थप उर्जा र हौसला प्रदान गर्दै आईरहेकोछ । उनिहरुले मासिक रु. ५० को दरले प्रती ब्यक्ती जम्मा गर्ने गरेकाछन् । डिभिजन वन बाट प्राप्त रकम कोषमै राख्ने अध्यक्ष प्रजाले बताईन ।
४ हेक्टर क्षेत्रफलले ओगटेको हुजुरुम कबुलियत वन क्षेत्रमा अमृशो ,भुई कटर ,निबुवा ,एभोकाडो , साल र चिउरी लगाएतका अन्य बिरुवाहरु हुर्कदै गईरहेकोछ ।

कबुलियत वनबाट उत्पादन भएका निबुवा , भुईकटहरले बजार पाउन नसकेको भन्दै अध्यक्ष प्रजाले बिक्री नहुने समस्या हामिलाई सिजनको बेलामा पिरोल्ने गरेको बराउनुभयो । अझै पनि आफ्नो कबुलियत वन समूहलाई राम्रो बनाई राख्नको लागि सक्दो मेहेनत गर्ने बताउदै अध्यक्ष प्रजाले डिभिजन वन कार्यालय राप्तीलाई धन्यवाद समेत दिनुभयो ।

हुजुरुम सङ्गै डिभिजन वन कार्यालय राप्ती मनहरीले गुप्तेश्वरी कबुलियत वन उपभोक्ता समूह भिमफेदी -४ र क्याम्पाडाँडा कबुलियत वन उपभोक्ता समूह हेटौंडा -१९ लाई आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट कबुलियत वन समूह घोषणा सहित नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.